प्रकाशको नेतृत्वमा नया

सिड्नी ।
सन् २०१३ मा सिड्नीमा स्थापना भएको नेपाली अष्ट्रेलियन युथ एशोसियसन (नया)को तेस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १८ सदसीय नया कार्य समितिको समेत चयन गरेको छ । साधारण सभामा सर्बसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो । प्रकाश अर्यालको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा शेखर तिवारी,अनुप न्यौपाने,रमेश केसी,युबराज भण्डारी चुनिएका छन् भने,महासचिबमा पुजा चन्द र कोषाध्यक्षमा नारायण पाण्डे रहेका छन् ।

कार्यसमितिमा सन्देश राजभन्डारी,बिश्वास अधिकारी,अनिल पोख्रेल,जमुना सुबेदी,निजन चौलागाई,दिवस पोख्रेल,कृष्ण पोख्रेल,बिष्णु काफ्ले,श्रवण भट्टराई र अर्जुन गौतम रहेका छन् ।
नयाँ कार्यसिमितको पहिलो बैठकले संस्थाको प्रबक्ता,जनसम्पर्क संयोजक,साँस्कृतिक संयोजक लगायतका पदमा नियुक्त गरिने अध्यक्ष प्रकाश अर्यालले नेपाली टिभीलाई बताए ।
सभामा बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।