आलोचित बन्दै गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया

सिड्नी ।
केशब कडेल नेतृत्वको गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया केहि दिन देखी चौतर्फि आलोचनाको केन्द्र बनेको छ । अक्टोबर १५ देखी १७ सम्म नेपालमा हुने नबौ महाधिबेसनका लागि अष्ट्रेलिया बाट आधिकारिक रुपमा प्रतिनिधि छनौटका लागि संघले गरेको अनलाईन आबेदनका बिषयमा प्राबिधिक रुपमा समस्या देखिएपछि संघको आलोचना गरिएको हो ।संघले जारी गरेको सुचना अनुसार अनलाईन निबेदनका लागि सयौ पुर्ब पदाधिकारी,बर्तमान पदाधिकारी र आम सदस्यहरुले अनलाईन निबेदनका लागि कोसिस गर्दा सर्भर डाउन लगायतको समस्या देखीएपछि निर्धारण गरेको १ घण्टाको अबधिमा निबेदन दिन नसकेपछि आम पदाधिकारीहरु र सदस्यहरुले बर्तमान कार्यसमितिको कामको आलोचना गरेका हुन् ।

अष्ट्रेलियाले प्राप्त गरेको १ सय ७७ वटा सिटका लागि तीन चरणमा आबेदन खुल्ला गरिएको थियो । आधिकारि डेलिगेटका लागि पहिलो चरणमा २४ सेप्टेम्बरमा ४५ प्रतिशत जसमा वर्तमान आईसीसीका सल्लाहकार, सदस्यहरु, महावाणिज्यदूतहरु एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरु लगायतले निबेदन दिन पाउने ब्यबस्था गरिएको भए पनि सो समयमा सर्भर डाउन हुनाले कतिपयले अनलाईन १ घण्टा सम्म कोसिस गर्दा पनि सफल हुन पाएनन् ।यस्तै दोस्रो दिन २५ सेप्टेम्बरमा दोस्रो चरणमा २५ प्रतिशतको छनोटका लागि आबेदन खुल्ला गरिए पनि खुला भएको १ मिनेटमा नै सर्भर डाउन भयो जस्को कारण संघको भोलीपल्ट ६ बजे देखी ७ बजे सम्मको समय छुट्याउदै संघले सामाजिक संजाल मार्फत् माफि मागेको थियो ।

२६ तारीख अन्तिम दिन ६ बजे पनि १ मिनेट भित्रमा नै सर्भर डाउन भएर निबेदन दिन नसकेको सामाजिक संजाल केहि सदस्य तथा पदाधिकारीले लेखेका थिए । एक सामाजिक संजाल प्रयोगकर्ताले भने सामाजिक संजालमै संघलाई ठाडै चुनौती दिदै २४ घण्टा भित्र आफुले नेपाल जानका लागि छनौटमा नपरे कानुनि रुपमा जाने चुनौती समेत दिए थिए ।

संघले प्रबिधिको प्रयोग गर्न खोजे पनि यसलाई बुथ क्यापचर गरेको र पदाधिकारीहरुले नै आफ्ना मान्छे हाल्न खोजेका लगायतका आरोप सुनिएको छ ।यस्तै केहि दिन अघि महासचिब ज्ञानेन्द्र रेग्मीले सोलट्रेड कम्पनीको एक ईभेन्टको पोस्टर आम सदस्यहरुको ईमेलमा पठाएका थिए । गत महिना मात्र सपथ लिएको कार्यसमिति सुरुवाती चरणमा नै आलोचित बन्न थालेको जानकार बताउछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।