सिड्नी ।
यतिबेला ९ औ गैरआवासीय नेपाली संघको निर्बाचनले माहोल तातकेको छ । करिब ८१ देशमा रहेका एनआरएनहरु नेपाल प्रस्थान हुने क्रम बढेको छ । नेपालीहरुको महान पर्व दशै-तिहारकै समयमा गैरआवासीय नेपाली संघको निर्बाचन तालिका रहेकाले पनि नेपाल जाने एनआरएनहरुको क्रम बढ्दो छ । निर्बाचनको माहोल तातिदै गर्दा बिभिन्न पदका प्रत्यासी उमेद्दवारहरुले आ-आफ्नै तरिकाले उमेद्दवारी घोषणा गरिरहेका छन् । यसै क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए ) को युवा संयोजकमा अष्ट्रेलियाका व्यवसायी तथा चलचित्र कलाकार स्वतन्त्र प्रताप शाहले उमेद्दवारी दिने भएका छन् ।
लामो समय देखी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको बिभिन्न पदमा रहेर काम गरिसकेका शाह ८ औ महाधिबेशनको निर्बाचनमा पनि युवा संयोजक पदमा झिनो मतान्तरले पराजित भएका थिए । गत निर्बाचनमा पराजित बनेपनि संस्था प्रतिको लगाब र समाजसेवी भाबले प्रेरित भएर काम गर्ने ईच्छा शक्तिकै कारण पुन:सोही पदमा उमेद्दवारी दिने प्रत्यासी शाहले नेपाली टिभीको साक्षात्कारमा बताए ।
चुनाब हारेपछि पनि पुन:सोहि पदमा किन ? भन्ने प्रश्नमा उनले भने भने “मतका हिसाबले म झिनो मतान्तरले पराजित बने पनि आम एनआरएनहरुको मनमा छु,सो पदमा बसेर प्रभाबकारी काम गर्न सक्ने योग्य र सक्षम युबा हुँ जो सदैब नेपाल र नेपालीका लागि काम गर्न चाहन्छ त्यो पनि बिना स्वार्थ,यसकारण जब सम्म युवा पदमा म निर्बाचित हुन सक्दिन तब सम्म म निरन्तर रुपमा नै निर्बाचनमा आईरहनेछु किनकि काम गर्नका लागि पनि कति पय अबस्थामा पद र स्थान चाहिन्छ,पद र स्थान नहुदा सोचेको र योजना बनाईएको काम गर्न सकिदैन यसकारण मेरो ईच्छाशक्ति काम गर्नका लागि नै हो पद ओगट्नका लागि खोजिएको पद होईन,जुन कुरा म गरेर देखाउछु”।
युबा संयोजकका उमेद्दवार शाहले २४ महिनाको अबधिमा ८१ वटै देशका नेपालीहरुले आभास गर्न सकिने गरी काम गरेर देखाउने दाबी गर्दै उनले खुल्ला रुपमा नै आम एनआरएनहरु संग मतका लागि अपिल गरेका छन् ।
निर्बाचनमा अगाडी आउदै गर्दा उनले केहि एजेण्डा समेत ल्याएका छन् जसमा दोहोरो नागरिकताको लागि पहल गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सहित भब्य युबा सम्मेलन,युवा स्वरोजगार र खेलकुद बिकासका कार्यक्रमहरु समाबेश छन् ।
दुई वटा नेपाली चलचित्रमा नायकका रुपमा समेत काम गरिसकेका नेपाली चलचित्र प्रेमी युबा ब्यबसायी शाहले चलचित्रकर्मीहरु र कलाकर्मी बाट समेत सहयोगको आसा राखेको उनले बताएका छन् ।
निर्बाचन र एजेण्डाका बारे यसो भन्छन् स्वतन्त्र: