नेपाली समाज अष्ट्रेलियाको पहिलो सम्मेलन सम्पन्न

सिड्नी ।
नयाँ शक्ति पार्टि नेपाल र सङ्घिय समाजबादी फोरम बिचको एकता पछि बनेको समाजवादी पार्टि नेपालका समर्थक भातृ सङ्गठन पनि समायोजन प्रकृया मा लागिरहेका छन् । यसै सन्दर्भ मा अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया र सङ्घिय समाज अष्ट्रेलिया बिच एकता भएको छ । एकता पछि नेपाली समाज अष्ट्रेलिया घोषणा गरिएको छ एकता घोषणा कार्यक्रमलाई नेपाल बाट डा बाबुराम भट्टराईले सम्बोधन गरेका थिए । सो कार्यक्रममा जनसम्पर्क समिति का छिरिङ्ग लामा जनप्रगतिशिल समाजका उपाध्यक्ष रामजी बस्नेत केशब जोशी लगायतकाले मन्तब्य राखेका थिए ।

सम्मेलन बाट अध्यक्षमा गणेश तामाङ उपाध्यक्षमा क्रमश: सुमन खरेल,उपेन्द्र श्रेष्ठ,बिर बहादुर राई र शोभा श्रेष्ठ यस्तै महासचिबमा सन्तोष आचार्य सचिबमा उमेश शाह कोषाध्यक्ष मा कृष्ण कार्की सह कोषाध्यक्षमा अनिल बस्नेत प्रबक्ता मा गौतम बाबु तिवारी पब्लिक अफिसर मा अभिषेक कुमार झा युवा संयोजकमा बिशाल खड्का महिला संयोजकमा सुजता पाण्डे गौतम,बिधार्थि संयोजकमा भुमिका लामा,साहित्यिक संयोजकमा टन्क रिमाल, न्यु साउथ वोल्स संयोजकमा महेश भट्टराई भिक्टोरिया संयोजकमा बुद्व मोक्तान कुइन्सल्याण्ड संयोजकमा अमित शर्मा ताज्मनिया संयोजकमा सुरज श्रेष्ठ ओइस्ट्र्न अस्ट्रेलिया संयोजकमा सिताराम पन्त निर्बाचित भएका छन् । कार्यक्रमको अध्यक्षता सुवान चौलागाईले गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।