एनआरएनएको विश्व सम्मेलनमा सहभागी हुन तीन सय डलर

सिड्नी ।
अहिले विश्वभर एनआरएनको आगामी निर्बाचनको माहोल छाएको छ । नेपालमा हुने विश्व सम्मेनलनमा सहभागी हुनका लागि अधिकांस देशमा अहिले प्रतिनिधि छनौट प्रकृयामा रहेका छन् । यस पटक पनि ८१ देशैबाट प्रतिनिधिहरु सहभागी भएर नयाँ नेतृत्वको चयन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुने प्रतिनिधि छनौटका क्रममा गैर आबासीय नेपाली संघ अष्ट्रेलियाले पनि आफ्ना सदस्यहरुलाई सुचना जारी गरेको छ । यस पटक अष्ट्रेलिया बाट १७१ जना प्रतिनिधिहरुले सम्मेलनमा सहभागीता जनाउन पाउने भएका छन् ।

महासचिव डा. ज्ञानेन्द्र रेग्मीले जारी गरेको विज्ञप्तीका अनुसार तीन चरणमा प्रतिनिधि छनौट गरिनेछ । जस अन्तर्गत पहिलो चरणमा २४ सेप्टेम्बरमा ४५ प्रतिशत जसमा वर्तमान आईसीसीका सल्लाहकार, सदस्यहरु, महावाणिज्यदूतहरु एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरु लगायत रहनेछन् ।

त्यसै गरी २५ सेप्टेम्बरमा दोस्रो चरणमा २५ प्रतिशतको छनोट गरिनेछ । जसमा पुर्ब पदाधिकारी,सदस्यहरु र २०१९ को निर्बाचन समितिका सदस्यहरु रहनेछन् । यस्तै ३० प्रतिशतका लागि तेस्रो चरणमा २६ सेप्टेम्बरमा आम सदस्यहरुका लागि छनौट प्रकृया राखिएको छ । यि सबैको समय बेलुकी ७ बजे देखी १० बजे सम्म रहेको छ । यस पटक विश्व सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधिहरुको सहभागिता शुल्क फिर्ता नहुने गरी ३ सय डलर तोकिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।