सिड्नी । नेपालले राम्रो तयारी गरेको खण्डमा दुई देशबीच सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म क्यानडामा हुन लागेको अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको ४० औं सम्मेलनमा सम्झौता हुन सक्ने बताइएको छ।

नेपालले अस्ट्रेलियासंग हवाई सम्झौता गर्न चाहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक जना सहसचिवले बताएका छन्। यस विषयमा दुई देशबीच लामो समयदेखि छलफल भइरहेको थियो ।
नेपालले हाल अन्तिम चरणको गृहकार्य गरिरहेको उनले बताए। नेपालले राम्रो तयारी गरेको खण्डमा दुई देशबीच सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म क्यानडामा हुन लागेको अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको ४० औं सम्मेलनमा सम्झौता हुन सक्ने बताइएको छ।
“दुवै देशले उक्त सम्मेलनका बेला यस विषयमा थप छलफल गर्ने निर्णय गरिएको छ। दुवै पक्षलाई चित्त बुझे त्यही सम्झौता हुन सक्छ,” ती सहसचिवले भने। उक्त सम्मेलनमा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नेतृत्वमा नेपालको टोली आइतवार क्यानडाका लागि प्रस्थान गर्दैछ ।
अस्ट्रेलियाले नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्न खोजि रहेको ती श्रोतले बताए। तर नेपालको विमानस्थलको पूर्वधारमालाई लिएर विगतमा कुराकानी अड्कीने गरेको बताइएको छ। यस पटक भने नेपालले निर्माणकार्य सकिनै लागेको भैरहवा विमानस्थललाई अघि सार्दै अस्ट्रेलियाको उक्त चासो मेट्ने बताइएको छ।
स्रोत: एसबिसएस नेपाली