अष्ट्रेलियामा सामुदायिक संस्थाहरुको महासंघ संचालनमा

१७ सेप्टेम्बर ।
अष्ट्रेलियामा करिब एक सयको हाराहारीमा नेपाली सामुदायिक संघ-संस्थाहरु दर्तामा रहेका छन् । त्यसमध्येका केहि सकृय छन् भने,केहि निस्कृय छन् । यही सामुदायिक संघ-संस्थाहरुको छाता संगठनका रुपमा फेन्का आधिकारिक रुपमा संचालनमा आएको छ । फेन्काको हालै क्यानबेरामा एक कार्यक्रमका बिच आधिकारिक उद्घाटन गरिएको हो । विभिन्न सामुदायिक संस्थाका प्रतिनिधि र सङ्घीय मन्त्री र विपक्षी सांसदहरूको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा फेन्काले अष्ट्रेलियाली सरकारसँग नेपाली समुदायका लागि पहल गर्ने बताइएको छ ।

महासंघको मोरिशन सरकारमा बहुसांस्कृतिक मामिला मन्त्री जेसन वुड्सले उद्घाटन गरेका थिए । उनले एकीकृत रूपमा समुदायका समस्याहरूलाई सरकार समक्ष ल्याउन सजिलो भएको समेत बताएका थिए।उक्त कार्यक्रममा बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सो अबसरमा अष्ट्रेलियाका प्रधानमन्त्री लगायतका सभासदले शुभकामना समेत दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।