सिड्नी ।
पश्चिमी युरोप र उत्तरी अमेरिका संसारकै सबैभन्दा बस्न योग्य स्थान रहेको बताइँदै गर्दा यो वर्ष पनि अस्ट्रेलियाका प्रमुख तीन सहरहरू उत्कृष्ट दस शहर भित्र पर्न सफल भएका छन् ।बेलायती पत्रिका दि इकोनोमिस्टको “इन्टेलिजेन्स युनिट” (इआईयु)द्वारा प्रत्येक बर्ष प्रकाशन हुने “दि ग्लोबल लिभेबिलीटी इन्डेक्सको २०१९ सालको संस्करणमा अघिल्लो वर्ष झैँ यसपालि पनि अस्ट्रियाको राजधानी भियना पहिलो स्थानमा आउन सफल भएको छ ।
त्यसै गरी, अस्ट्रेलियाका दुई प्रमुख सहरहरू मेलबर्न र सिड्नी क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्।भिक्टोरियाली राजधानी मेलबर्न उक्त सूचीमा सन् २०११ देखी २०१७ सम्म लगातार ७ वर्ष पहिलो स्थानमा रहन सफल भएको थियो । यस्तै एडिलेड उक्त सुचिको दशौ स्थानमा रहेको छ । अष्ट्रेलियाको यि तीन शहरहरु मध्ये सिड्नी सर्बाधिक महंगो शहरका रुपमा चिनिन्छ ।