३ सेप्टेम्बर सिड्नी ।
हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज अष्ट्रेलियामा भब्यतापुर्बक मनाईएको छ । करिब महिना दिन देखि तीज मनाउने कार्यक्रम सोमबार तीज लगत्तै करिब सम्पन्न भएका छन् ।
नेपालमा झै अष्ट्रेलियामा पनि तीज मनाउन पाएकोमा दिदिबहिनिहरु खुसी देखिन्थे । सिड्नीको मिन्टो स्थित शिव मन्दिरमा यसपालीको तीजमा पनि भक्तजन तथा दिदिबहिनिहरुले शिबजिको पुजा-आराधाना गरेर तीज पर्ब मनाएका छन् ।
शिब मन्दिरमा सिड्नी बस्दै आएका दिदिबहिनिहरु संगै नेपाल बाट घुम्न आएका अभिभाबकहरुले समेत पुजा गरेर तीज मनाएका छन् । अभिभाबकहरुले समेत अष्ट्रेलियामा नेपालकै सैलीमा तीज मनाउन पाउदा खुसी लागेका बताए ।
तीजकै अबसर पारेर सोमबार अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा बिभिन्न संघ-संस्थाहरुले तीज कार्यक्रमको आयोजना समेत गरेका थिए । यसै क्रममा सिड्नी स्थित लाहुरी टिभिले अलवा पार्कमा तीज कार्यक्रम तथा शिब पुजा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमममा नेपाल बाट पन्डितजी तथा कलाकार समेत आएका थिए ।
शिबपुजा र आराधा समेत ब्यबस्था गरेको टिभीको कार्यक्रममा नायिका मरिष्का पोख्रेल,सृजना खत्री लगायतका कलाकारले सांगीतिक प्रस्तुती समेत दिएका थिए ।