सडक दुर्घटनाका चालक भट्टराई सिड्नीमा समातिए

३ अगस्ट सिड्नी ।
गत साता स्नोई माउन्टेनमा हिँउ खेल्न जादै गर्दा सडक दुर्घटनामा परी २ को घटनास्थलमा नै ज्यान गएको थियो भने तीन घाईते भए । घाईतेहरु अहिले सबैको डिस्चार्ज भैईसकेको छ ।

Australia Federal Police officers patrol the security lines at Sydney’s Domestic Airport REUTERS/Jason Reed

घाईते मध्येको सवारी चालक सागर भट्टराई अस्पताल बाट डिस्चार्ज भए पछि नेपाल जाने क्रममा सिड्नी बिमानस्थल बाट एनएसडब्लु प्रहरीले पक्राउ गरेको स्थानीय मिडियाले लेखेका छन् ।
सो बिषयमा नेपाली राजदुताबास क्यानबेराका कर्मचारी निर्मल भट्टराई संग टेलिफोन सम्पर्कमा आफुहरुले अहिले सम्म सो बारेमा कुनै आधिकारीक सुचना नपाएको तर समातिएको भन्ने ‘अरे’को खबर मात्रे सुनेकाले कहिले कहाँबाट र कसरी पक्राउ परे भन्ने आधिकारीक सुचना राजदुताबासलाई नआएको बताए ।

डिस्चार्ज पछि सवारी चालक भट्टराई नेपाल जाने बिषयमा राजदुताबासलाई कुनै सुचना नदिएको पनि उनले बताए । स्थानीय समचारका अनुसार भट्टराईलाई बिमानस्थल बाट पक्राउ गरी मास्कट प्रहरीमा राखेको बताईएको छ । सवारी चालकको चरम लापार्बाहीले दुर्घटना घटेको भन्ने बिषयमा चर्को खण्डन भईरहेको छ । अहिले घटना प्रहरीको अनुसन्धानको क्रममा छ । उनलाई यही शनिबार पारामाटा अदालतमा पेस गरिने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।