एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्स अवार्ड सय भन्दा बढीको मनोनयन

२३ जुलाई सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट १० मा साधारण सभा पछि अवार्ड नाईट गर्ने भएको छ । मेल्वर्नमा हुने अबार्डका लागि बिभिन्न बिधामा मनोनयन खुल्ला गरेको थियो । मनोनयन दर्ता सोमबार सकिएको छ ।

अवार्ड संयोजक गणेश केसीका अनुसार अवार्डका लागि सबै बिधामा गरी सय भन्दा बढीले मनोनयन दर्ता गरेका छन् । सोचे भन्दा बढी मनोनयन आएपछि अवार्डका लागि छौनट गर्नका लागि पोईन्ट सिष्टम प्रणाली लागु गर्ने तयारीमा रहेको समेत बताए ।

अवार्डका लागि १० जुन देखी नै मनोनयन दर्ता खुल्ला गरिएको थियो मनोनयन दर्ता जुलाई १२ सम्म राखिएको थियो तर अवार्ड समितिले दश दिन म्याद थप्दै २२ जुलाई सम्म पुर्याईएको हो ।
कुल १५ बिधामा बितरण गर्न लागिएको अवार्ड यस प्रकार छन् ।
1. Student of the Year – Year 12 Level
2. Student of the Year – University Level
3. Sports Person of the Year – Over 18
4. Sports Person of the Year – Under 18
5. Nepalese Cultural Ambassador of the Year
6. NRNA Australia Youth Person of the Year
7. NRNA Australia Woman of the Year
8. NRNA Australia of the Year
9. Friends of Nepal of the Year
10. Business Person of the Year
11. Community Service Person of the Year
12. Organization of the Year
13. Media Person of the Year

14. State Person of the Year – maximum 3 persons
15. NRNA Australia President Award – maximum 10 persons.

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।