खसोखास
अस्ट्रेलिया।
झण्डै पौने ८ अर्ब नेपाली रुपैयाको अवैध कारोबार गरेको आरोपमा सिड्नीमा तीन नेपाली युवक पक्राउ परेका छन् । १०० मिलियन अष्ट्रेलियन डलरको अवैध कारोबारमा पक्राउ परेका हुन् ।दक्षिण सिड्नीलाई मुख्य केन्द्र बनाएर अष्ट्रेलिया र अन्य देशमासमेत उनीहरुले गैरकानुनी रुपमा कालोधनको ओसारपसार गरेको आरोप लागेको छ ।चार जनालाई नै मनि लाउन्ड्रिङ गरेको, आपराधिक गतिविधिमा संलग्न भएको र रकम लुकाउने काम गरेको अभियोग छ । प्रहरी अनुसन्धानले करोडौं रुपयाँ पर्ने सिंगापुरमा रहेको एक कम्पनी खारेज गराएर डलर असुल्ने काममा समेत उनीहरुको संलग्नता रहेको देखिएको छ ।सबै जना अहिले अनुसन्धानकै क्रममा रहेको र अदालतले समेत उनीहरुको जमानत अस्वीकार गरेको अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सुनुवाई अर्को साता हुनेछ ।