सकसमा एन्टा,अध्यक्षले मनोमानी गरेको आरोपमा तीन पदाधिकारी द्वारा सामुहिक राजिनामा

एनटिभी २१ जुलाई सिड्नी ।
सन् २०१० मा स्थापना भएको एशोसिएसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा) अहिले सकसमा देखिएको छ । आन्तरिक बिबादका कारण सकस दिन प्रति दिन बढ्दो छ । अध्यक्ष अरुण कुमार ठाकुरले मनोमानी रुपमा काम गरेको आरोपमा संस्थाका उपाध्यक्ष रन्जित शाह, कोषाध्यक्ष सनत गुप्ता र कार्यक्रम संयोजक प्रभाकर शाहले सामुहिक रुपमा आईतबार प्रेस बक्तब्य जारी गरी राजिनामा दिएका हुन् ।गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा आईसीसी सदस्य पदमा बिजेता बनेका अध्यक्ष अरुणकुमार ठाकुरले एनआरएनएएको निर्बाचनका बेला उमेद्दवारी दर्ताको अन्तिम दिन जुन ११ एन्टा बाट राजिनामा दिएका थिए तर उमेद्दवारी दर्ता भएपछि फेरी पनि उनले दिएको उमेद्वारी फिर्ता लिएपछि एन्टामा बिबाद चर्किन थालेको थियो । यद्दपी एन्टाको अध्यक्ष हुदाहुदै उनले चुनाब पनि जिते तर उनको ब्यबहार र कार्यशैली अराजक बन्दै गएपछि राजिनामा दिनु परेको राजिनामा दिएकाहरु बताउछन् ।एक पटक राजिनामा दिएपछि फेरी राजिनामा फिर्ता लिएका अरुणकुमार ठाकुर संग नेपाली टिभीको प्रत्यक्ष साक्षत्कारमा भने उनले घर भित्रको समस्या घर भित्र सुल्झाउनु पर्ने बताउदै मिडियालाई प्रेस बक्तब्य पठाउन र मिडिया गुहार्न आबश्यक नै नरहेको बताए । यि सबै विषयको आरोपको जिम्मेवारी लिनुहुन्छ कि हुदैन भन्ने प्रश्नमा भने आफुले सुबाशु शाहलाई काबा अध्यक्षका रुपमा जिम्मेवारी दिएको समेत बताए । उनी संग राजिनामाका बिषयमा बुझ्न खोज्दा आक्रोस समेत देखिन्थ्यो । संस्थाका तीन मुख्य पदाधिकारीले सामुहिक राजिनामा दिनुले संस्थालाई कमजोर बनाउदैन,कसरी समाल्नुहुन्छ भन्ने प्रश्नमा राजनिति गर्नेहरुले केहि गर्न सक्दैन भन्ने किसिमको डिप्लोमेटिक जवाफ दिएका थिए ।

उता राजिनामा दिएका पदाधिकारीहरुले भने संस्था भित्र निरंकुशता लादेको समेतको आरोप लगाउदै अध्यक्ष ठाकुरको फोहरी खेलको हिस्सा आफुहरु पनि बन्नुपर्ने भएका कारण संस्थाको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको दावी गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।