सिड्नीमा नेपालीको ग्रोसरीलाई ८० हजार डलर जरिबाना

एनटिभि १६ जुलाई सिड्नी ।
सिड्नीको पेनसर्स सबअर्ब स्थित रहेको नेपालीको ग्रोसरी सेन्ट जोर्ज ग्रोसरीलाई सदरल्याण्ड स्थानीय कोर्टले अनधिकृत चुरोट तथा सुर्तीजन्य पदार्थ बेचेको आरोपमा ८० हजार अष्ट्रेलियन डलरको जरिबाना तोकेको छ ।८० हजार सर्बाधिक ठुलो राशीको जरिबाना हो । स्थानीय समचार पत्र लिडरका अनुसार टोबाको बेच्ने स्थानमा टोबाको सम्बन्धी चेतनामुलक सङकेत समेत नराखेको बताईएको छ । जुन टबाको बेच्ने स्थानमा राख्नै पर्ने सरकारी प्राबधान छ ।

स्थानीय सरकारी निकायले छापा मार्दा ग्रोसरीमा ८७ प्याकेट चपाउने किसिमको गुट्खा लगायत ६ प्याकेट चुरोट भेटिएको हो । सार्बजनिक स्वास्थ्य (टोबाको) एक्ट २००८ का अनुसार अनधिकृत रुपमा चपाउने किसिमको पराग,गुट्खा,सुर्तीजन्य पदार्थ र चुरोट बेचेमा ११० हजार अष्ट्रेलियन डलर सहितको जरिबाना हुने सक्छ ।

photo:theleader.com

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।