प्रमेजले गरे गोल्डस्टार जुत्ताको उद्दघाटन,खै त मिस नेपाल ?

१३ जुलाई सिड्नी ।
नेपालको पुरानो जुत्ता कम्पनी मध्येको गोल्ड स्टार जुत्ताको आधिकारीक बिक्रेता शोरुम सिड्नीको रकडेलमा शनिबार औपचारीक रुपमा उद्दघाटन गरिएको छ ।अष्ट्रेलियामा जुत्ताको बजार प्रबर्द्दनका निम्ति खोलिएको सोरुमको उद्दघाटन मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ बाट गरिने भन्दै गोल्ड स्टार अष्ट्रेलियाले प्रचार समेत गरेको थियो । तर उद्दघाटनका दिन अनुष्कालाई देख्न पाईएन ।
गोल्ड स्टारको उद्दघाटन युबा नेता प्रमेज श्रेष्ठले गरेका छन् । यस बिषयमा अनुष्का संग टेलिफोन सम्पर्कमा बुझ्दा ‘आफु संग आधिकारिक रुपमा उद्दघाटनका लागि सम्झौता नभएको तर मिस नेपालको आधिकारीक सौजन्यकर्ता ब्राण्ड भएको कारण समय सापेक्ष भएको खण्डमा जाने बिचार थियो तर समय मिलेन र म आईन’ उनले सुनाईन् । आधिकारीकता बिना प्रचार र समचार कसरी आयो भन्ने बिषयमा भने उनले सोरुम मिस कम्युनिकेसमा रहेको हुन सक्ने भन्दै सो बिषयमा प्रतिकृया जनाईनन् ।

मिस नेपाल श्रेष्ठ च्यारेटी ईभेन्टका लागि अहिले सिड्नीमा छिन् ।

भिडियो हेर्नुहोस्:

https://youtu.be/Ppna-zRNOEA

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।