११ जुलाई ।
यहि शनिवारदेखि सिड्नीमा नयाँ एम ४ सुरु हुने भएको छ । पश्चिमी सिड्नीको होमबुश र हेबर्फिल्डलाई जोड्ने ती सुरुङ मार्ग सिड्नीको विशाल वेस्टकनेक्स आयोजना अन्तर्गत खुल्ने पहिलो भूमिगत खण्ड भएको बताइएको छ ।यो नयाँ सुरुङ्गमार्गको प्रयोगले आम सर्बसाधरणको समय बचत गरिने स्थानिय राज्यको दाबी छ । यो सुरुङमार्गको प्रयोगले पारामाट्टादेखि सिड्नी सम्म करिब १५ मिनेट सम्म बचत गराउने उल्लेख छ । यो नयाँ सुरुङ मार्ग प्रयोग गर्दा पहिलो बर्ष टोल नपर्ने तर दोस्रो बर्ष देखी टोल पर्ने बताईएको छ ।