सबै पदमा पराजित साझा समुह

७ जुलाई सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा केशब कडेल बिजय भएका छन् । कडेलले ४१४८ मतले बिजय प्राप्त गरेका थिए भने,उनका प्रतिदन्दी दिनेश पोख्रेलले ३७५७ मत ल्याएका थिए । ३९१ को भारी मतले कडेलले चुनाब जित्ता मुख्य पदहरुमा उनकै समुहले चुनाब जितेको छ ।यस पटकको चुनाब देशभर सभ्य तरिकाले सम्पन्न भए पनि सोचे अनुरुपको मतदान हुन सकेन । सिड्नीमा ४ हजार ६ सय ५१ मतदाता मध्ये ३ हजार ५ सय देखि ४ हजारको हाराहारीमा मतदान हुने अनुमान गरिए पनि सो बमोजिम भएन ३ हजार ४३ ले मात्र मतदान गरे । उता मेल्बर्नमा करिब २ हजार मतदाता मध्ये १ हजार ५ सयले मतदान गर्ने अनुमान गरिएको थियो तर १ हजार २ सय ७४ ले मत हालेका थिए ।
मतदानकै हिसाबले एनएसडब्लु पहिलो स्थानमा दोस्रोमा भिक्टोरिया र तेस्रो क्विस्ल्याड रहेको छ ।निर्बाचित मध्ये बलिया पदहरुमा सबै केशब कडेलकै समुह “ साझा र सबल” ले बिजय प्राप्त गरेको छ। यो समुहलाई नेपाली कांग्रेस निकट मानिन्छ । यसो त अर्को कांग्रेसी समुह नै मानिएको नन्द गुरुङको समु “साझा”ले कुनै पनि पदमा बिजय प्राप्त गर्न सकेन । प्रायसबै पदमा तेस्रो स्थानमा रहे ।

एनएसडब्लुका संयोजक समेत रहेका नन्द गुरुङले अध्यक्ष पदबाट उमेद्दवारी फिर्ता लिएपछि उनले सृजना गरेको समुह अध्यक्ष बिहिन थियो । गुरुङले उमेद्दवारी फिर्ता लिएपनि आफुहरु हारे पनि कुनै चिन्ता नहुने तर उमेद्दवारी फिर्ता नलिने बताउदै आएका “साझा” को समुहलाई कुशल केसी र शंकर ढकालले समाल्दै आएका थिए । चुनाबको पुर्ब सन्ध्यामा स्वतन्त्र उमेद्दवार भनिएका मोहन देब भट्टले सो समुहको नेतृत्व गरेर निर्बाचन सम्म आईपुगेका थिए ।

कुल ११ हजार ६ सय १७ आधिकारिक मतदाता रहेको निर्बाचनमा ८ हजार ३ सय ६६ मतदाताले मत हालेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।