७ जुलाई सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा केशब कडेल बिजय भएका छन् । कडेलले ४१४८ मतले बिजय प्राप्त गरेका थिए भने,उनका प्रतिदन्दी दिनेश पोख्रेलले ३७५७ मत ल्याएका थिए । ३९१ को भारी मतले कडेलले चुनाब जित्ता मुख्य पदहरुमा उनकै समुहले चुनाब जितेको छ ।कुल ११ हजार ६ सय १७ आधिकारिक मतदाता रहेको निर्बाचनमा ८ हजार ३ सय ६६ मतदाताले मत हालेका थिए । जस्मा कडेलको साझा एनआरएनए सबल एनआरएनए प्यानलका अधिकांसले चुनाब जितेका छन् ।
राज्य देखी लिएर आईसिसि मेम्बरमा समेत साझा समुहले जितेको छ । महासचिब,कोषाध्यक्ष र युथ कोर्डिनेटर समेत कडेलकै समुहका हुन् । निर्बाचनमा सर्बाधिक मत ल्याउनेमा महासचिब पदका निर्बाचित डा.ज्ञानेन्द्र रेग्मीले ४१५८ मत ल्याउन सफल भएका छन् । यस्तै दोस्रो स्थानमा निर्बाचित अध्यक्ष कडेलले ४१४८ मत ल्याएर सर्बाधिक मत प्राप्त गर्ने मध्येको दोस्रो स्थानमा रहेका छन् । त्यस्तै तेस्रो स्थानमा कोषाध्यक्ष पदका निर्बाचित अनिल पोख्रेल रहेका छन् । जस्ले ३८४१ मत प्राप्त गरेका छन् ।