गैर-आवासीय नेपाली संघ अष्ट्रेलियामा कडेल र पोख्रेलको कडा प्रतिष्प्रर्धा

२५ जुन सिड्नी ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको जुलाई ६ मा हुने सन् २०१९-२०२१ को कार्यकालका लागि अध्यक्षका प्रत्यासी उमेद्दवार  केशब कडेल र दिनेश पोख्रेल बिच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ ।
अहिलेका एनएसडब्लु राज्यका संयोजक नन्द गुरुङले अध्यक्षका लागि उमेद्दवार दर्ता गरेर उमेद्दवारी फिर्ताको अन्तिम क्षणमा फिर्ता लिएपछि अबको प्रतिस्प्रर्धा पोख्रेल र कडेल बिचमा हुने भएको हो ।अहिले पोख्रेल र कडेल प्रचार र भोट माग्ने काममा ब्यस्त छन् । कडेल भिक्टोरिया राज्यका अहिलेको संयोजक हुने भने पोख्रेल अहिले कुनै पनि पदमा छैनन् । गुरुङले उमेद्दवारी फिर्ता लिएपछि चुनाबी माहिलले तातेको एनआरएनहरुमा नयाँ उत्साह र उत्सुकता पनि देखिएको छ ।

चुनाबी बजारमा अहिले गुरुङले छोडेपछि केहिले दिनेश पोख्रेललाई सहज भएको र केहिले कडेललाई सहज भएको बताउदै मिश्रित प्रतिकृया दिएका छन् । कडेल नेपाली कांग्रेसमा आस्था राख्छन् भने पोख्रेल नेकपामा आस्था राख्छन् । यि दुबैलाई पार्टीगत रुपमा सहयोग समेत मिलिरहेको छ ।

नन्द गुरुङ समेत नेपाली कांग्रेसकै उमेद्दवार भएको कारण गुरुङ पछि हट्दा कांग्रेसी भोट कडेलमा जाने सामान्य रुपमा तर्क चलिरहेको छ भने अर्कातर्फ गुरुङ र पोख्रेल सिड्नीकै त्यसमा पनि यि दुबैका मतदाता उही भएकाले गुरुङ उमेद्दवार नरहदा गुरुङको भोट पोख्रेललाई जानसक्ने अनुमान पनि चलिरहेको छ ।यसकारण यस पटकको चुनाबमा निर्णायक मत भनेको गुरुङकै देखिन्छ । गुरुङलाई हाल्ने मतदाताले जस्लाई भोट हाल्छन् त्यही उमेद्दवारले चुनाब जित्नेमा सहज अनुमान गर्न सकिन्छ । यद्पी गुरुङले कडेललाई नै सहयोग गर्ने बताएका छन् ।

स्मरण रहोस् दिनेश पोख्रेल गत निर्बाचनमा गुरुङ संग राज्य संयोजक पदमा पराजित बनेका थिए । यस पटकको चुनाबमा करिब ११ हजार मतदाताले अष्ट्रेलियाको बिभिन्न राज्यबाट मत हाल्दैछन् । भने,सदस्यताका हिसाबले ८२ राष्ट्रमध्ये सदस्य धेरै हुने अष्ट्रेलिया पहिलो देश बनेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।