चितवन समाजको म्युजिक नाईटमा झुमे दर्शक

२५ जुन सिड्नी ।
चितवन समाज अष्ट्रेलियाले आयोजना गरेको म्युजिक नाईटमा सिड्नीका दर्शकहरु झुमेका छन् । चितवनको नारायणगढमा रहेको आदर्श बाल गृहको सहयोगार्थ आयोजना गरेको कार्यक्रममा सिड्नीका चार सय जति दर्शकहरु सहभागी थिए ।

उक्त कार्यक्रममा सहभागी हुन नेपाल बाट समाजसेवी मिना खरेल आएकी थिईन् । कार्यक्रम बाट करिब ६ हजार अष्ट्रेलियन डलर र करिब ३ लाख नेपाली रुपैया सहयोग संकलन भएको छ ।
उक्त कार्यक्रममा गैरआबासीय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीहरु समेत सहभागी थिए । अनिल पोख्रेलले संचालन गरेको कार्यक्रममा बिभिन्न कलाकारहरुले समेत सांगितिक प्रस्तुती दिएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।