माझीबस्तीका लागि अष्ट्रेलियामा सहयोग जुट्दै

२४ जुन सिड्नी ।
च्यारिटि गाला डिनरका लागि सिड्नी आएकी अभिनेत्री श्वेता खड्का यतिबेला श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको सिन्धुपाल्चोकको माझीबस्तीका लागि सहयोग सङकलन गरिरहेकी छिन् ।
करिब दुई साता देखि सिड्नीमा रहेकी श्वेता सिड्नीमा भएका केहि सामाजिक कार्यक्रममा समेत सहभागी भएकी छिन् । श्वेताश्री फाउण्डेसनको सहयोगार्थ एनआरएनए अष्ट्रेलिया वुमन फोरम,नारी निकुन्जले शनिबार ब्रेकफास्ट विथ श्वेता नामक कार्यक्रम आयोजना गरी सहयोग सङकलन गरेको छ ।तर,कति रकम संकलन भएको आयोजकले जानकारी गराएको छैन ।

त्यस्तै श्वेता शनिबार तनहु समाज अष्ट्रेलियाले आयोजना गरेको बार्बिक्यु कार्यक्रममा समेत सहभागी भएर तनहुका समुदायलाई भेटेकी छिन् । समाजले पनि श्वेताश्री फाउण्डेसनलाई सहयोग गर्ने प्रतिबद्दता गरेको श्वेताले नेपाली टिभिलाई बताएकी छिन् ।

सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पमा परी घरबार बिहिन भएका पिडितहरुका लागि फाउण्डेसनले ५३ वटा घर निर्माण गरि अहिले अन्तिम चरणमा छ ।
आफुले सामाजिक कार्य गर्दै गर्दा कुनै प्रचारबाजी नगरेको मनै देखी सामाजिक काममा अभिप्रेरित भएर काम गरेको बताउदै उनले आर्थिक सहयोग माग्न समेत नजानेकाले सोचे अनुरुप सहयोग नपाएको समेत बताईन् ।

नेपाली टिभिको लाईभ अन्तर्बातामा उनले सो कुरा बताएकी हुन् । अन्तर्बाताकै क्रममा उनले माझिबस्तीका स्थानीयबासीहरुको अबस्था नाजुक रहेको समेत बताएकी छिन् । सो स्थानमा प्राथमिक उपचार देखी सडक र उच्च शिक्षाका लागि समस्या रहेको बताएकी छिन् । आफैले योजना अघि सारेर ५३ वटा घर निर्माण गरिसक्दा सम्म पनि आफुले निर्माणका क्रममा ढुंगा-ईट्टा बोक्न नसकेको बताएकी छिन् । तर,उनी स्थानीयहरु संगै पसिना बगाएर श्रमदान गर्न तयार र खुसी हुने बताएकी छिन् ।

सामाजिक काम गर्नका लागि कलाकार स्वयमले गर्नैपर्छ भन्ने छैन भन्दै योजना अघि बढाएर काम गर्नेलाई पारिश्रमिक दिएर निर्माण कार्य पुरा गर्नु पनि राम्रो काम भन्दै चाडै नै माझीबस्तीको काम सकेत हस्ताण्तरण गर्ने चाहना रहेको उनले प्रस्ट पारेकी छिन् । ८० प्रतिशत काम सम्पन्न भईसकेको माझिबस्ती पुरा गर्नका लागि उनलाई २ करोड जति रकम चाहिने बताएकी छिन् । उनको यो अभियानमा साथ दिनका लागि अष्ट्रेलिया बाट सहयोग उठ्ने क्रम जारी छ ।

भिडियो हेर्नुहोस्:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।