माझीबस्तीलाई एजुहबको सहयोग

२२ जुन सिड्नी ।
सिड्नीमा रहेको एजु हब (एजुकेशन एण्ड माईग्रेसन)ले अभिनेत्री श्वेता खड्का द्वारा संचालित माझीबस्तीका लागि सहयोग हस्ताण्तरण गरेको छ ।अभिनेत्री खड्काको सामाजिक काम प्रतिको लगाबकै कारण कामको प्रंसासा र प्रोत्साहन स्वरुप सहयोग गरेको हबका निर्देशक बिकास भुजेलले बताए ।श्वेताले सामाजिक कार्यका लागि स्थापना गरेको श्वेताश्री फाउण्डेसनले सिन्धुपाल्चोकका भुकम्प पिडितहरुका लागि माझीबस्ती निर्माण गरिरहेको छ । सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पमा परी घरबार बिहिन भएका पिडितहरुका लागि फाउण्डेसनले ५३ वटा घर निर्माण गरि अहिले अन्तिम चरणमा छ ।

घर निर्माण लगत्तै फिनिसिङ लगायतमा अझै धेरै आर्थिक सहयोग आबश्यक रहेको अभिनेत्री खड्काले जानकारी गराएकी छिन् । उनले आफैले बैंक बाट ऋण  लिएर सो बस्तीलाई पुरा गर्ने क्रममा छिन् ।
आफुले सामाजिक कार्य गर्दै गर्दा कुनै प्रचारबाजी नगरेको मनै देखी सामाजिक काममा अभिप्रेरित भएर काम गरेको बताउदै उनले आर्थिक सहयोग माग्न समेत नजानेकाले सोचे अनुरुप सहयोग प्राप्त नगरेको बताईन् ।

नेपाली टिभि संगको साक्षात्कारमा अष्ट्रेलियामा रहदै गर्दा केहि सामाजिक कार्यमा सहभागी भएर बस्तीका लागि सहयोग जुटाउदै गरेको बताईन् । नारी निकुन्ज अष्ट्रेलियाले बस्तीको सहयोगार्थ आईतबार बिहान ‘ब्रेकफाष्ट विथ श्वेता’कार्यक्रम समेत राखेकाले सो कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनु हुन समेत उनले आग्रह गरेकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।