१३ जुन सिड्नी ।
गत डिसेम्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको ‘मिष्टर नेपाल ओसिनिया २०१८’का बिजेता निश्चल खड्काको टाईटल आयोजकले बिहिबार आधिकारी रुपमा खोसेको छ । आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले प्रेस बिज्ञप्ती जारी गरी बिजेता टाईटल खोसिएको जनाएको छ । सो सम्बन्धमा लिम्बु संग टेलिफोन सम्पर्क गर्दा उहाँले आयोजक संगको सम्झौता बिपरित गएकाले र पटक पटक उनलाई सम्झाउदा र सुधर्ने समय दिदा पनि अटेर गरेर टाईटलको ईज्जत राख्न नसकेकाले नै टाईटल खोस्नु परेको बताएकी छिन् ।लिम्बुका अनुसार आयोजक संस्थाले पटक पटक अन्य ईभेन्टहरुमा बिना सुचना सहभागी नहुन सचेत गराएको थियो । अन्य ईभेन्टहरुमा मोड्लिङ प्रस्तुती गर्दै हिडेको र सचेत गराउदा र मौका दिदा समेत वेवास्ता गरेकाले टाईटल खोसिएको हो ।
बिजेता खड्कालाई प्रेस रिलिज निकाल्नु पुर्ब जुन ६ सम्मको डेडलाईन राखेर टाईटल बापतको ट्रफी र सर्टिफिकेट फिर्ता गर्न आयोजकले ईमेल र फोन गरेको थियो । जस अनुसार खड्काले सहमती जनाए पनि एक साता पर सर्दा समेत फिर्ता नगरेपछि प्रेस रिलिज जारी गर्नु परेको बाध्यता लिम्बुले सुनाईन् ।
आफुहरुले खड्का बाट धेरै आसा राखेको तर उनले आयोजक संस्था संगको सम्झौता र टाईटलको मुल्य नबुझेको भन्दै गुनासो पोखिन् । यस बारेमा खड्का संग बुझ्न फेसबुक मेसेन्जरमा फोन गर्दा सम्पर्क हुन सकेन ।