अष्ट्रेलिया बाट स्वदेश फर्के सन्दीप‍

सिड्नी ।
नेपाली चर्चित युवा लेगस्पिनर सन्दीप लामिछाने अष्ट्रेलिया बाट स्बदेश फर्किएका छन् । उनी आईतबार स्बदेश फर्केका हुन् । अष्ट्रेलियामा रहदा सन्दिपले आफ्नो भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताएका थिए । उनले अष्ट्रेलियाका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको लागि कुरा गरेका छन् ।प्रशिक्षणका विषयमा अस्ट्रेलियाका एकेडेमीहरु सकारात्मक रहेको बताउँदै सन्दीपले त्यसका लागि थप पहल गर्नुपर्नेमा जोड दिएका छन् । नेपालीमा हालै भएको प्रधानमन्त्री कप क्रिकेट नखेलेको भन्दै चर्को आलोचना खेपेका सन्दीपले यस विषयमा पनि जवाफ दिँदै एक दिवसीय मान्यता पाएको देशको राष्ट्रिय प्रतियोगिता कतै म्याट त कतै पिचमा गराउँदै स्तर नपुग्ने बताए ।

यो पनि पढ्नुहोस् :

मबीबीएस विद्यार्थी शिशिर ८ दिन पछि कीर्तिपुरको जङ्गलमा मृत अवस्थामा फेला ।
अर्घाखाँची । काठमाडौँ मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौथो वर्षमा अध्ययनरत गर्दै गरेका शिशिर खनाल मृत फेला परेका छन् ।उनी ८ दिन पहिले काठमाण्डौको कोटेश्वर बाट हराएका थिए । १७ गते देखी बेपत्ता भएका शिशिर खनाल शनिबार कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन् । उनी काठमाडौँ कोटेश्वरमा बस्दै आएका थिए । उनी चढ्दै आएको मोटरसाइकल प्रहरीले केही दिन अघि किर्तीपुरको पुष्पलाल पार्कमा फेला परेका थियो । बाइक भेटिए पनि प्रहरीले उनको पत्तो पाउन सकेको थिएन।खोजी कार्य भइरहेको थियो ।खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिएको हो । अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजु सँग घर किनेर यतै बस्दै आएको बताइएको छ । केही समय अघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । शव पोस्ट् मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।