एनएसडब्लु संयोजकमा मोहन भट्टको स्वतन्त्र उम्मेद्दवारी

६ जुन सिड्नी ।

एनआरएनए अष्ट्रेलियाको चुनाब नजिकिदै गर्दा यहाँको चिसो मौस पनि गर्मागर्मी भएको छ । निर्वाचनको प्रचारका क्रममा अहिले प्यानल बाट उमेद्दवार हुनेहरु सामाजिक संजालमा निकै ब्यस्त छन् ।चुनाबको पुर्ब सन्ध्यामा उमेद्दवार घोषणा क्रम अझै जारी छ । संस्थाले सदस्यता प्रमाणिकरण नसके पनि उमेद्दवार बन्नेहरु अहिले प्रचारमा ब्यस्त छन् । औचारीक रुपमा उमेद्दवार दर्ता खुल्न केहि ढिला हुने सङकेत देखिए पनि जुलाई ६ मा नै चुनाब हुने बताईएको छ ।

एनआरएनए (गैर आवासीय नेपाली संघ) केन्द्रिय कार्यालयले राजनैतिक रुपमा प्यानल बनाएर चुनाब लड्न रोक लगाए पनि अष्ट्रेलियामा प्यानल बाट नै उमेद्दवार बनेका छन् । यसै क्रममा एनएसडब्लु राज्य बाट संयोजक तथा उपाध्यक्ष पदका लागि स्वतन्त्र रुपमा मोहन भट्टले उमेद्दवारी दर्ता गरी निर्बाचनमा अन्य सरह चुनाब लड्ने भएका छन् ।

भट्टले राजनैतिक धारलाई तोडेर स्वतन्त्र रुपमा ब्यक्तिको अनुभब र क्षमताका अनुरुप संस्थामा आउन प्रेरित गर्नका लागि आफुले स्वतन्त्र रुपमा उमेद्दवारी दिने बताएका छन् ।

उनी पेसाले इन्जिनियर तथा रजिष्टर्ड नर्स हुन् । सन् २००७देखि अष्ट्रेलियमा बस्दै आएका भट्ट लामो समय देखी त्यहाँ क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गदै आएका छन् ।

सिड्नीको रेष्टुरेन्टहरु बाट खाली बोतल सिसी टिपेर नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षामा खर्चिँदै आएका उनले एनआरएनएलाई अष्ट्रेलिया भर रहेका सबै नेपालीको हितमा काम गर्ने संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । आफू निर्वाचित भए नेपाली समाजमा व्याप्त घरेलु हिंसा अन्त्य गर्ने तथा नेपाली विद्यार्थीका अहिले विद्यमान समस्या हल गराउने घोषणा गरेका छन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।