५ जुन सिड्नी ।
गत साता मात्र रद्द भएको अष्ट्रेलियन इन्सटिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईबिटी) इन्टरनेशनल कलेजले पुन:मान्यता पाएको छ ।अष्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले गत मंगलबार कलेजको दर्ता खारेजको निर्णय गरेपछि गरिएको अपिल अनुसार नै आस्क्वाले आफ्नो निर्णय फिर्ता लिएसंगै कलेजको खारेजी उल्टिएको हो । अब कलेजले साबिकमा झै आफ्नो काम कारवाहि यथावत् संचालन गर्न पाउने भएको छ ।आस्क्वाको निर्णयविरुद्ध कलेजले संघिय अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको सुनुवाई जुन ५ अर्थात् आजकै दिन हुदै थियो । तर, सुनुवाई हुनुपुर्व नै आस्क्वाले आफ्नो निर्णय सच्चाएको कलेजद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
कलेजले पुन:मान्यता पाए संगै त्यहाँ अध्ययनरत हजारमा हाराहारी नेपाली बिध्यार्थीहरुले राहत पाएका छन् । केहि महिना अघि नर्सिङ कोर्ष दर्ता नरहेको सोही स्वामित्वको एआईबिटि काण्ड सेलाउन नपाउदै यो कलेज पनि रद्द हुदा नेपाली बिध्ार्थीहरु समस्यामा परेका थिए ।