२ जुन सिड्नी ।
गैर आबासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०१९-२०२१ को कार्य समिति निर्बाचनको पुर्ब सन्ध्यामा नेपाली टिभि अष्ट्रेलियाले उमेद्दवारहरु संग अन्तर्कृया गर्ने भएको छ ।जुलाई ६ मा हुने निर्बाचनलाई मध्यनजर गर्दै टिभिले जुन २० तारीखका दिन उमेद्दवारहरु संग सिड्नीमा अन्तर्कृया गर्न लागेको हो । अन्तर्कृयामा अध्यक्ष पदका उमेद्दवारहरु केशब कडेल,नन्द गुरुङ र दिनेश पोख्रेल सहित राज्य परिषद्का उपाध्यक्षहरु,महासचिब र युबा संयोजकहरु संग बृहत रुपमा अन्तर्कृया गर्नेछ ।
उक्त अन्तर्कृया बाट गैर आबासीय नेपाली संघ अष्ट्रेलिया प्रति हेरिने नकरात्मक दृष्टिकोणमा परिबर्तन भई उमेद्दवार बिचको सम्बन्धमा सुढृड हुने बिश्वास टिभिले लिएको छ ।