अस्ट्रेलियामा रोएका नेपालीलाई नबिना ले लेखिन एस्तो सन्देश !

काठमाण्डौ ।

आज अस्ट्रेलिया गएका हाम्रो दाजुभाइ दिदिबहिनी रोएको देखेर सारै दया लग्यो। हामीले भाडा माझ्न पर्छ रे, अरे बाबा आफ्नो स्वार्ग जस्तो देश छोडेर पैसा कमाउन गए पछि भाडा माझ्न पर्यो भनेर रोइ कराइ गरेर हुन्छ, आमाले लौ न नानी बाबू यसो काम सघाइदेउ भन्दा हातमा मोबाइल लिएर बस्ने तिमीहरु अहिले दुख भयो भन्दै आँसु चुहाएको अलि सुहाएन, फेरि हुने खानेका छोराछोरी नै हुन ठुला ठुला देश जाने करले होइन रहरले गएका हुन।

प्रतिनिधि तस्विर मात्र हो,प्राईभेसीका कारण अनुहार छोपिएको छ ।

अरुलाइ देखाउन गएका हुन। नत्र हामी जस्तो गरिब त खाडीमा छौ खोइ खाडीको चर्को घामले भतभति पोल्दा पनि आफ्नो पीडा घरमा आमा बाबा श्रीमती कसैलाई सुनाउदैनन, किनकि सुखले मात्तिएर जानेले हो, पीडा सहन नसक्ने दुखमा जिन्दगी गुजारेकाले त हरेक पीडा संग लडेर चुहिएको घरको छानो र आमाको फाटेको चोली फेर्ने सपना सजाएर मेहनत गरिरहेका हुन्छन। रबि दाइ एकदमै सहि लाग्छ। उहालाई नराम्रो भन्न कसैले सुहाउँदैन।

तर अस्ट्रेलिया गएर त्यो कार्यक्रम चलाउनु भन्दा एकपटक खाडी गएको भए कति राम्रो हुने थियो। तर आसा राख्छौ अबश्य जानुहोला रबि दाइ, किनकि खाडीमा हाम्रो हरेक युवा दाजुभाइको जवानी लुटिएको छ। अस्ट्रेलिया जाने भनेको धनिका छोराछोरी हुन। जसले १२ पास गरेर अस्ट्रेलिया को सपना देख्न सुरु गर्छन, जसले घरमा आफुले खाएको थाल समेत नमाझी आमालाई माझ्न लगाउने गर्थे।

अनि अहिले भाडा माझ्न पर्यो भनेर गुनासो गर्दै छन, अरे म के हो, म को हु, मैले के गर्न सक्छु, मैले के गर्दा उचित हुन्छ भनेर फरक छुटाउन नसक्ने अस्ट्रेलिया गए पछि दुख नपाए के पाउँछन् त, अब रोएर होइन दाजुभाइ दिदिबहिनी संघर्ष गरेर अगाडि बढ मेहनतको फल एकदिन अबश्य पाउछौ, तर यसरी रुने धुने काम नगर है त तिमी दुखले होइन ५० लाख डुव्यो भन्ने पिरले रोएका हौ।

किनकि दुख के हो तिनलाई सोध जसले खाना खान नि पाउदैनन जसको पिर नगर म छु भन्ने साथमा आमा बाबा पनि हुदैन, तिमीहरु त भाग्यमानी हौ, भित्र बसि बसि भाडा माझेका छौ खाडीमा चर्को घामले मेरा दाजुभाइको लास कति बेला नेपाल फर्किन्छ थाहा हुदैन। काम ठुलो सानो हुदैन सोच चाहिँ ठुलो सानो हुदो रहेछ। अस्ट्रेलिया गएकाले दुख पाए भनेर रोएर आफ्नो बेइज्जत आफै गरेका छन।

(श्रोत : गोर्खाली अनलाइन खबर)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।