आदर्श गृहका लागि सिड्नीमा म्युजिकल नाईट

२८ मे सिड्नी ।

लामो समय देखी सामाजिक कार्यमा सक्रिय भुमिका निर्बाह गर्दै आएको चितवन समाज अष्ट्रेलियाले चितवनको नारायणगढमा रहेको आदर्श गृह (बाल आश्रम) को सहयोगार्थ म्युजिक नाईट आयोजना गरेको छ ।यहि २३ जुन मा आयोजना गरेको ‘च्यारिटी म्युजिकल नाईट’मा आदर्श गृहकी संचालिका तथा समाजसेबी मिना खरेल स्वयम् सहभागी हुने भएकी छिन् । म्युजिक नाईटलाई रमाईलो बनाउनका लागि गायकदय सागर आले र युबराज चौलागाई सिड्नी आउने भएका छन् ।

म्युजिकल नाईटमा सहभागी हुने तीनै जनाको भिषा ग्रयाण्ट भईसकेको आयोजकले जानकारी गराएको छ । ४० डलरको टिकटमा एक कोर्ष मिल (डिनर) को समेत व्यबस्था रहेको म्युजिकल नाईट बाट संकलित रकम खर्च कटाएर आदर्श गृहलाई हस्तान्तरण गरिने आयोजकले बताएको छ ।

कार्यक्रम ईन्द्रेणी फङसन सेन्टरमा हुन लागेको हो । चितवन समाजले केहि दिन अघि मात्रै एक महिना सम्म रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । पछिल्लो समय चितवन समाज अष्ट्रेलियाले सक्रिय रहदै सामाजिक कार्यलाई जोड दिईरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।