नेपाली समुदायलाई प्रमेजले दिए धन्यबाद !

२७  मे सिड्नी । अष्ट्रेलियामा सम्पन्न संघीय चुनावमा  लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार प्रमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नी संग पराजित भएका छन् ।तर,उनले आफ्ना शुभेच्छुक,मतदाता र स्यवम् सेवकलाई धन्यबाद दिएका छन् । प्रमेजले शनिबार टेम्पे पार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली समुदायलाई धन्यबाद दिएका हुन् । उनले नेपली समुदायले गरेको सहयोगको खुलेरै प्रसंसा गर्दै धन्यबाद र कृतज्ञता जनाएका हुन् ।

उक्त कार्यक्रममा नेपाली समुदायका परिचित अनुहार देखी,ब्यापारी र शुभचिन्तकहरुको सहभागीता थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले चुनाब हारे पनि नेपाली समुदायका लागि भने ठुलै जित रहेको प्रतिकृया दिएका थिए । नेपाली मुलका एक युबा जो राजनितिमा पाईला टेक्दै गर्दा मुलधारको राजनैतिक पार्टी बाट संसदीय निर्बाचनको टिकट पाउनु नै सफलता रहेको बक्ताहरुको भनाई थियो ।

कार्यक्रममा राजनिति र सामाजिक कार्यलाई निरन्तरता दिने समेत प्रमेजले बताएका छन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।