अष्ट्रेलियामा लाग्यो एनआरएन चुनाब,उमेद्दवार घोषणा

२६ मे सिड्नी ।

एनआरएन अष्ट्रेलियाको चुनाब नजिकिदै गर्दा आ-आफ्नै प्यानलले औपचारिक रुपमा उमेद्दवारहरु घोषणा गर्न थालेका छन् ।   २०१९-२०२१ का लागि एनआरएनए अष्ट्रेलियाको कार्यकालका लागि डेमोक्रयाटीक समुहले उमेद्दवार घोषणा गरेका हुन् ।

अष्ट्रेलियाभर छरिएर रहेका डमोक्रयाटहरुको राष्ट्रियस्तरको भेलाले मेलवर्नमा बृहत कार्यक्रम बिच आफ्ना उमेद्दबारहरुको नाम सार्वजनिक गरेको हो । घोषणा सभामा महासचिबमा डाक्टर ज्ञानेन्द्र रेग्मी, सचिबमा परेस घिमिरे, कोषाध्यक्षमा अनिल पोखरेल र युवा संयोजकमा इर्शाैद अहमदलाई उमेद्दवार बनाइएको छ ।

एनआरएनका कार्यकारी सदस्यहरुमा सुर्य खनाल, अर्जुन गौतम,बसन्त बर्तोलाको नाम सार्वजनिक गरिएको छ । यस्तै आइसीसी सदस्यहरुमा न्यु साउथ वेल्सवाट छबी सापकोटा र अरुण कुमार ठाकुर , वेस्टन अष्ट्रेलिया वाट एनआरएनएका उपाध्यक्ष दिपक शर्मा, क्यानबेरावाट  राजु अधिकारी, साउथ अष्ट्रेलिया वाट सूर्य आचार्य, क्वीन्सल्यान्डवाट एनआरएनएका उपाध्यक्ष सन्तोष कुँवर, भिक्टोरिया वाट इन्जिनियर नारायण काफ्लेलाई उमेदबार बनाइएको घोषणा गरिएको थियो ।

मेलबर्नको कोबर्ग्स्थित भिजिनी क्लबमा आयोजना गरिएको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्यासी वर्तमान उपाध्यक्ष केशव कँडेलले एनआरएनलाई रुपान्तरण गर्ने एकमात्र आफ्नो एजेन्डा भएको बताए । उनले व्यवहारिक रुपमा, सैद्धान्तिक रुपमा र कानूनी रुपमा पनि एनआरएन अष्ट्रेलियालाई रुपान्तरण गर्न आवश्यक भएको धारणा बताए । उनले भने, “ मेरो मुख्य प्रतिबद्धता भनेको एनआरएनएमा ट्रान्सफर्मेसन । संस्थालाई सबैको अपनत्व हुने गरी साझा एनआरएन बनाउन परिवर्तनको खाचो रहेकोले आफ्नो भुमिका त्यसतर्फ रहने कडेंलले बताए ।

साझा एनआरएन सबल एनआरएनको नारासहित घोषणा गरिएको टिमका महासचिवमा डा. ज्ञानेन्द्र रेग्मीले बहृद समूदायलाई समेट्ने गरी अघि बढ्ने भन्दै चुनाव जितेर आएको अवस्थामा नेपाल अष्ट्रेलिया पोलिसी ईन्ष्टिच्युट बनाउने पनि बताए । कोषाध्यक्ष पदका उम्मेद्वार पोखरेलले हरेक तीन महिनामा संस्थाको आर्थिक विवरण सार्वजनिक गर्ने एजेन्डा प्रस्तुत गरे । कार्यक्रममा सबै उमेद्दबारहरुले एनआरएनएमा उमेदबारी दिदै गर्दा आफ्ना एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडीएफका वर्तमान अध्यक्ष विवेक थापाको संयोजकत्वमा बनेको बृहत डेमोक्रयाटीक समितिले यो टिम अघि ल्याएको जानकारी दिइएको थियो । केशव कँडेल नेतृत्वको चुनावी टिमको घोषणा सँंगै न्यु साउथवेल्सको संयोजकमा डिला खरेल, एसीटीको संयोजकमा चुडामणी सापकोटा , क्वीन्सल्यान्डको संयोजक उमेश खड्का

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।