२३ मे सिड्नी ।
नेपालको न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम “सिधा कुरा जनता सँग” को अष्ट्रेलिया संस्करण शुक्रबार सिड्नीको मरना अडिटरियम हर्षभिलमा हुने भएको छ । कार्यक्रमका लागि प्रस्तोता एवं प्रत्रकार रवि लामिछाने सहितको समुह बिहिबार बिहान सिड्नी आईपुगेका छन् ।
समग्र रुपमा अष्ट्रेलियाको नेपाली समुदायका बिचको समस्यालाई उजागर गरी अन्यायमा परेकालाई न्याय दिन समेत यो कार्यक्रम केन्द्रित रहने बुझिएको छ । सो कार्यक्रममा बिध्यार्थीको समस्यालाई उच्च प्राथमिकतामा राख्दै कार्यक्रममा प्रबेशका लागि नि:शुल्क ब्यबस्था गरिएको आयोजकले बताएको छ । यस्तै अभिभाबकहरुका लागि नि:शुल्क प्रबेशको ब्यबस्था गरिएको छ । यद्दपी अन्य दर्शकहरुले भने प्रबेशका लागि २५ डलरको टिकट लिनु पर्नेहुन्छ । कार्यक्रम ब्यबस्थापक दिपेश पुनले टेलिभिजन कार्यक्रमको छाँयाकन नभएर बिशेष कार्यक्रम हुने प्रतिकृया दिएका छन् ।
स्थानीय लाहुरी टेलिभिजनको आयोजना र नेपाली टचको ब्यबस्थापनमा हुन लागेको कार्यक्रममा सहभागी हुन आयोजकले आवह्वान गरको छ । अष्ट्रेलियामा दिन प्रति दिन नेपाली बिध्यार्थीहरु बढीरहेको र समस्याहरु पनि बढ्दै गर्दा यस किसिमको कार्यक्रमले बिध्यार्थी तथा पिडितहरुलाई राहत मिल्ने देखिन्छ ।








