२३ मे सिड्नी ।
नेपालको न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम “सिधा कुरा जनता सँग” को सुटिङ अष्ट्रेलियामा हुने भएको छ । समग्र रुपमा अष्ट्रेलियाको नेपाली समुदायका बिचको समस्यालाई उजागर गरी अन्यायमा परेकालाई न्याय दिन समेत यो कार्यक्रम केन्द्रित रहने बुझिए पनि देश र समाज प्रति लोकप्रिय बनेको एक उतरदायी कार्यक्रममा प्रबेशका लागि २५ डलर तिर्नु पर्नेछ ।
अष्ट्रेलिया संस्करणका लागि प्रस्तोता एवं प्रत्रकार रवि लामिछाने सहितको समुह बिहिबार बिहान सिड्नी आईपुगेका छन् । जनताका चासो र गुनासाकै कारण सर्बाधिक प्रिय बनेको जनताको आफ्नै कार्यक्रमको रुपमा चिनिएको कार्यक्रम भएकाले पनि सो कार्यक्रम आम नेपाली समुदाय बिच खुला रुपमा आयोजना गरेको भए राम्रो हुने सिड्नीका बुद्दिजिवि बताउछन् । स्थानीय लाहुरी टिभिले आयोजना गरेको यस कार्यक्रम बाट अष्ट्रेलियाका अधिकांस पिडितहरुले केहि हद सम्म न्याय पाउने र गलत कार्य गर्नेहरुका लागि चुनौती हुने देखीन्छ । अष्ट्रेलियामा घरेलु हिंसा,कामका हिंसा देखि सम्बन्धका समस्या-ब्लाक मेलीङ,हुण्डी र ठगीका समस्या मुख्य चुनौतीका रुपमा देखिन्छन् ।कार्यक्रम शुक्रबार सिड्नीको मरना अडिटरियममा हुनेछ ।