२० मे सिड्नी । अष्ट्रेलियामा सम्पन्न संघीय चुनावको मतगणाना जारी रहेको छ । लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार प्रमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नी संग पराजित भएका छन् ।पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगालसँग पराजित भएका छन् । मोरिसन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यान, गृह मामिला मन्त्री पिटर डटन पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।अनिवार्य रुपमा मतदान गर्नुपर्ने नियम राखिएको अष्ट्रलियाको निर्वाचनमा करिब ९५ प्रतिशत मतदाताहरुले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, ७० प्रतिशत मतगणना भइसकेको तथा निर्वाचनको पूर्ण नतिजा आउन अझै केही दिन कुर्नुपर्नेछ । यो निर्वाचनमा करिब ४७ लाख भोट खसेको निर्वाचन आयोगले बताएको छ ।
सत्तारुढ दल लिवरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मरिसन पुनः सत्तामा फर्किने भएका छन् । मोरिसन अष्ट्रेलियाको ३१ औँ प्रधानमन्त्रीमा नियुक्ति हुनेछन् ।
अहिलेसम्म लिवरल गठबन्धनले ७६ र लेवर पार्टीले ६७ सिट प्राप्त गरेका छन् । सरकार स्थापनाको लागि तल्लो सदन वा प्रतिनिधिसभामा १५१ मध्ये कम्तिमा ७६ सिट आवश्यक पर्छ । यसैबीच विपक्षी दल लेवर पार्टीका नेता बिल शोर्टनले स्कट मोरिशनलाई फोन गरेर शनिबार नै बधाई दिएका छन् । आफ्नो हार स्वीकार्दै उनले लेवर पार्टीको नेता पदबाट समेत हट्ने घोषणा गरे । उनले सांसदको पद भने नत्याग्ने बताए ।
समर्थकहरूका सामु जितको घोषणा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले आफूले चमत्कारमा विश्वास गर्ने बताएका थिए । उता लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नीबाट पराजित भएका छन् । पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगालसँग पराजित भएका छन् ।
नेपाली मुलका प्रमेज पहिलो पटक मुलधारको राजनीतिमा आएर पनि सोचे भन्दा राम्रो मत प्राप्त गरेको जानकार बताउछन् । चुनाबी समयमा उनी नेपाली समुदायमा बढि मात्रामा केन्द्रित भएको र नेपाली मतदाता कम रहेकाले पनि उनलाई चुनबा जित्न असह भएको हो । यद्दपी उनले प्राप्त मतका हिसाबले भने उनी सफल नै देखीन्छन् ।