अष्ट्रेलियाको संसदीय चुनाब सम्पन्न,मतगणना सुरु

१८ मे सिड्नी ।
अष्ट्रेलियाको संसदिय निर्बाचन आज साँझ ६ बजे सम्पन्न भएको छ । निर्बाचन सम्पन्न लगत्तै अहिले केहि समय अघि देखी मत गणना सुरु भएको छ । देशले नयाँ प्रधानमन्त्री पाउदै गर्दा चुनाबी नतिजाको बिषयमा चौतर्फी रुपमा चाँसो बढेको छ ।
संसदीय चुनावमा सत्तारूढ लिबरल पार्टी बाट बार्टन क्षेत्रका लागि नेपाली मुलका प्रमेज श्रेष्ठ पहिलो पटक चुनाब लडेका छन् । एनएसडब्लुको बार्टन क्षेत्रबाट चुनाब लडेका प्रमेजको चुनाबी क्षेत्रको नतिजा सम्भवत राती १० बजे सम्म आउने छ ।

लिबरलले संघीय संसदका लागि बार्टुन क्षेत्रबाट उम्मेद्वार बनेका श्रेष्ठ प्रतिपक्षी लेबर पार्टीकी नेतृ लिण्डा बर्नी संग प्रतिस्पर्धा गरेका छन् । लिण्डा अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने एक मात्र आदिबासी महिला नेतृ हुन् ।
चुनाबी नतिजा बारे हामी अपडेट गराईरहनेछौ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।