श्यामसुन्दर गिरी,१७ मे सिड्नी ।
अष्ट्रेलियाको संसदिय निर्बाचन भोलि हुदैछ । यहि निर्बाचनमा नेपाली मुलका युबा प्रमेज श्रेष्ठ लिबरल पार्टी बाट पहिलो पटक बार्टन क्षेत्रका लागि उमेद्दवार बनेका छन् । अष्ट्रेलिया जस्तो देशमा नेपाली मुलका युबा उमेद्दवार हुनु आम नेपाली समुदायका लागि सुखद् र गर्ब गर्न लायक एउटा उपलब्धी हो । जो कोहिले चाहदैमा यस किसिमको स्थान पाउने कुरा होईन भने सफलता प्राप्त भएको खण्डमा त्यसको प्रत्यक्ष फाईदा नेपाली समुदायलाई नै हो ।
करिब ७ बर्षको बाल अबस्थामा नै अष्ट्रेलिया आएका प्रमेज सबै संग मिजासिला छन् केहि गर्न सक्छु भन्ने जोस र जाँगर पनि छ उनमा । २७ बर्षका यि युबाले चुनाब लड्दै गर्दा लिबरलको नाम पहिलो स्थानमा आएपनि दोस्रो स्थानमा नेपालीकै नाम आउने देखिन्छ । यसो त प्रमेजले कुनै पार्टी नहेरी नेपालीकै नाताले पनि आफुलाई भोट गर्न नेपाली सुमदाय बिच अपिल गर्दै आईरहेका छन् ।
यसअघिका अन्य उमेद्दवारलाई पनि यो समुदाय र त्यो समुदायको उमेद्दबार भन्ने गरेको देखिएकै हो । भोली शनिबार हुने निर्बाचनमा सबै नेपालीले प्रमेजलाई भोट गरी सहयोग गर्न प्रमेजले करिब महिना दिन अघि देखि नै घरदैलो कार्यक्रम देखि नेपाली समुदायका बिभिन्न गतिबिधिमा सहभागी हुदै आएका छन् ।
प्रमेज अहिले अष्ट्रेलियन नागरिक भए पनि उनको जन्मभुमि नेपाल हो र उनको मनमा अष्ट्रेलिया भन्दा पनि मेरो देस नेपाल हो भन्ने नै हुनुपर्छ । उनले अहिले नेपाल र नेपालीका लागि राजनैतिक रुपले मात्र नभएर ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिबद्दता जनाउदै आईरहेका छन् । भलै,राजनितिको आफ्नै आचार-संहिता,बिचार र सिदान्त हुन्छ,जस अनुरुप हरेक ब्यक्तिको आ-आफनै पार्टी प्रतिको आस्था र विस्वास पनि हुन्छ र भोटिङ राईट पनि हुन्छ । तर,समय सापेक्ष परेको बेला आस्था र बिस्वासलाई केहि समयका लागि थाती राखेर आफ्नै समुदायका लागि सहयोग गर्न सके भोलिका दिनमा नेपाल र नेपालीको हितका लागि केहि हद सम्म सहयोग हुन सक्छ ।
यस पटकको चुनाब पहिलेको भन्दा बढी रौनक देखिएको छ । नेपाली मुलका युबा लिबरल पार्टी बाट उमेद्दबार भएपछि लेबर पार्टी पनि नेपाली समुदायमा निकटतम छ । यी दुबै पार्टीले अहिले नेपाली समुदायिक भबनका लागि सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।
लिबरलले जिते नेपाली सामुदायिक भबनका लागि १ मिलियन र लेबरले जिते १.२ मिलियन डलर सहयोग गर्ने घोषणा गरेका छन् । जुन पार्टीले जिते पनि नेपालीका लागि एक किसिमको जित भईसकेको छ । नेपालीका लागि सामुदायिक भबन बन्नुलाई पनि उपलब्धिका रुपमा लिन सकिन्छ । अझ नेपाली मुलका युबा अष्ट्रेलियन सरकारको संसद भबनक प्रबेशका लागि पाईला चाल्दै गर्दा नेपालीको लागि गौरबको बिषय पनि हो ।
अहिले नेपालमा अष्ट्रेलियन एम्बेसी भए पनि भिषा सेन्टरको काम हुदैन । भिषा सेन्टर नहुदा भिषाका लागि लामो समय हामीले कुर्नु पर्ने बाध्यता छ । अहिले डिपेन्डेन्ट भिषाका लागि ६ देखि ९ महिना कुर्नुपर्ने हुन्छ । तर,भिषा सेन्टर भएका एशियन मुलुकमै ७ दिन देखि २१ दिन भित्रमा डिपेन्टेन्ट भिषाको नतिजा आउने गर्छ ।
नेपालीले भोग्दै आएको भिषा सेन्टर र अष्ट्रेलियामा नेपाली बिध्यार्थीले तिर्नुपर्ने अत्याधिक ट्युसन फि मुख्य समस्या देखिएका छन् । यसमा प्रमेजले भाबी दिनमा ध्यान दिनुपर्ने समेत देखिन्छ ।