अष्ट्रेलियाका नेताले गरे नेपाली समुदायलाई सहयोगको बाचा

१३ मे सिड्नी ।

अष्ट्रेलियाका अध्यागमन तथा जनसङख्या डेभिड कोलम्यानले संसदिय निर्बाचनको पुर्ब सन्ध्यामा नेपाली समुदायलाई सामुदायिक भबनका लागि सहयोग गर्ने बाचा गरेका छन् । मन्त्री कोलम्यानले शनिबार सिड्नीमा आयोजित एनआरएनएको रिजनल कन्फ्रेन्समा आफुले चुनाब जिते आफ्नो लिबरल पार्टी बाट १ मिलियन सहयोग गर्ने घोषणा गरे अनुरुप सोमबार पार्टीले आधिकारिक रुपमा प्रेस रिलिज जारी गरेको छ ।कोलम्यानले घोषणा गरे लगत्तै लेबर पार्टीका उमेद्दवारले पनि १‌.२ मिलियन सहयोग गर्ने घोषणा गरेका थिए । लेबर पार्टीले पनि सोमबारै प्रेस रिलिज जारी गरेको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।