दोस्रो बर्षमा रेसिडेन्सी लिगल

१२ मे सिड्नी ।

गत बर्ष सिड्नीमा औपचारीक रुपमा ब्यबसाय सुरु गरेको रेसिडेन्सी लिगलले शुक्रबार आफ्नो पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको छ । सो अबसरमा लिगलको औपचारिक रुपमा उद्घाटन समेत गरिएको थियो ।जनर्ल कन्सुलेट दिपक खड्काको प्रमुख आतिथ्यतामा प्रेसिडेन्सी लिगलको औपचारिक उद्घाटन संगै पहिलो बार्षिकोत्सव समेत मनाएको हो । सो अबसरमा सिड्नीका कर्पोरेट तहका ब्यक्तित्वहरुको बाक्लो सहभागीता थियो ।

कानुन सम्बन्धी कुनै पनि सेवा र भरपर्दो कानुनी परामर्सका लागि आफुहरु सदा तत्पर रहेको सोलिसिटर हेमराज भट्टले सो अबसरमा बताए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका पुर्ब अध्यक्ष मन केसी,एनआरएनएका संरक्षक ईन्द्रा वन,सहित एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरुको समेत उपस्थित थियो ।

भिडियो हेर्नुहोस्:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।