निरन्तर बदनाम हुदै नेपाल एयरलाइन्स,चालक निदाउनुको यस्तो रहस्य

काठमाडौं, २४ वैशाख ।

पछिल्लो समय नेपाल एयरलाइन्स निरन्तर रुपमा बदनाम हुने बाटोमा छ । केहि दिन अघि मात्रै  बिमान चालक तथा नेवानीका प्रबक्ता बिजय लामालको निलम्बन र निलम्बन फुकुवा नेपाल एयरलाइन्सलाई चरम बिबादमा पारेका थिए । यसो त नेपाल एयरलाइन्सलाई समयमा उड्न नदिने,सेवा लगायतका बिषयमा एयरलाइन्सको बदनाम गरेर अन्य  एयरलाइन्सलाई स्थान दिने बिमानस्थल र समबन्धित कर्मचारीको काम नै हो ।यसै क्रममा पुन:नेपाल एयरलाइन्सको बदनाम हुने काम गरिएको छ । बिमानका चालक भारतीय नागरीक नागराज शंकरमुर्ती उडेको बिमानमा मस्त निदाएको फोटो अहिले भाईरल भएको छ । उनी बिमान चालक मात्र होईनन् उडानको क्यापटेन नै थिए । क्याप्टेन आफै यसरी निदाउदा नेपाल एयरलाइन्सको बदनाम मात्र होईन यात्रुहरुको सुरक्षामाथी दरिलो प्रश्न चिन्ह सृजना गरेको छ ।

क्याप्टेन नागराज शंकरमूर्ति काठमाण्डौ बाट दुबईका लागि उडेको  एयरबस ३२० न्यारोबडीको जहाजभित्र ककपिटमा मस्त निदाएका हुन् । बिमानमा  चालक दलका सदस्यसहित १६५ जना यात्रा गर्दै थिए । सार्बजनिक तस्विरमा पाइलटले लगाउने टोपी भित्तामा झुन्ड्याएका छन् । घाँटीमा सिरानी अड्याएर ककपिटभित्रै उनी निदाइरहेका छन् । हवाईजहाज उडाइरहेका बेला उनी विमानभित्रै निदाएका हुन् ।

नेपाल एयरलाइन्समा आउनुअघि उनी हिमालयन एयरलाइन्समा कार्यरत थिए । हिमालयन एयरलाइन्समा सुरक्षामा संवेदनशील नदेखिएको भन्दै उनी बर्खास्तीमा परेका थिए । त्यसपछि उनी नेपाल एयरलाइन्समा आएका हुन् । उनी हरेक उडानमा निदाउने गरेको कर्मचारीहरूको गुनासो छ ।

Photo:Onlinekhabar

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।