अष्ट्रेलियामा ‘सिधा कुरा जनता संग’ हुने

  NTV NEWS

३ मे सिड्नी ।
नेपालको  न्युज २४ टेलिभिजनबाट  प्रसारण हुँदै आएको चर्चित कार्यक्रम “सिधा कुरा जनता सँग” को सुटिङ अष्ट्रेलियामा समेत हुने भएको छ । समग्र रुपमा अष्ट्रेलियाको नेपाली समुदायका बिचको समस्यालाई उजागर गरी अन्यायमा परेकालाई न्याय दिन समेत यो कार्यक्रम केन्द्रित रहने बुझिएको छ ।

अष्ट्रेलिया संस्करणका लागि प्रस्तोता एवं प्रत्रकार रवि लामिछाने अष्ट्रेलिया आउने भएका हुन् ।कार्यक्रम अष्ट्रेलियाको सिड्नी लगायतका स्थानमा हुनेछ । कार्यक्रम सिड्नीमा मे २४ र जुन २ मा पर्थमा हुने तय भईसकेको छ ।

स्थानीय लाहुरी टिभिले आयोजना गरेको यस कार्यक्रम बाट अष्ट्रेलियाका अधिकांस पिडितहरुले केहि हद सम्म न्याय पाउने र गलत कार्य गर्नेहरुका लागि चुनौती हुने देखीन्छ । अष्ट्रेलियामा घरेलु हिंसा,कामका हिंसा देखि सम्बन्धका समस्या-ब्लाक मेलीङ,हुण्डी र ठगीका समस्यालाई उजागर गर्न सक्नेछ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।