एनआरएनए अष्ट्रेलिया पहिलो स्थानमा,सदस्यताबापत करिब ३ लाख डलर

  NTV NEWS

२ मे सिड्नी ।

एनआरएनए अष्ट्रेलियालाई बेला बखत काम गर्न सकेन भन्ने लगायतका धेरै खाले प्रतिकृया र गुनासा आईरहेको सुनिन्छ । तर,आफुहरुले धेरै उल्लेख्यनीय काम गरेको पदाधिकारीहरु दाबी गर्न पछि पर्दैनन् ।

नेपालको मुलधारकै राजनितिको प्रभाबमा अधिकांस पदाधिकारी छन् । भने,चुनाबमा समेत राजनिति भागबण्डामा चुनाब लड्दै र जित्दै आए पनि अहिले सदस्यताका हिसाबले अष्ट्रेलिया पहिलो स्थानमा आईपुगेको छ । ७८ वटा देशका एनसिसिलाई पछि पार्दै अष्ट्रेलिया पहिलो स्थानमा आएको हो ।

अष्ट्रेलियामा करिब डेढ लाख नेपाली बसोबास गर्दै आएका छन् । जनसंख्याको हिसाबले ११ हजार सदस्य बन्नु अन्य देशको तुलनामा धेरै राम्रो हो । यद्दपी अष्ट्रेलियामा करिब ५० हजार देखि १ लाखको हाराहारीमा बिध्यार्थी भिषामा छन् । जब अमेरिका सहितका अन्य देशमा वर्किङ भिषामा र पिआर,ग्रीनकार्डमा धेरै जनसंख्या बस्दै आएका छन् ।

गत बर्षको चुनाबमा अमेरिका १६ हजार आठ सय ८१ मेम्बर सहित पहिलो स्थानमा थियो । भने यस पटक अमेरिकाको मेम्बरशिप करिब ५० प्रतिशतले घटेर  नौहजार दुई सय १८ मा सिमीत भएको छ। यो सदस्य संख्यासँगै अमेरिका एनआरएनको दोस्रो स्थानमा आएको छ। अमेरिकामा करिब ३ लाख पचास हजार नेपाली बसोबास गर्छन् । जस्मा बिध्यार्थी भिषामा ३० देखी ५० हजारको हाराहारीमा रहेका छन् । बाँकी ग्रिनकार्ड,सिटिजन र वर्किङ भिषामा रहे पनि एनआरएनको सदस्यता नलिनु यस संघ प्रतिको झुकाब नभएर नै हो । यस्तै अमेरिकामा चुनाब रोक्न अदालतमा मुद्दा समेत परेको छ ।

अष्ट्रेलिया पहिलो स्थानमा आए संगै करिब ३ लाख अष्ट्रेलियन डलर पनि उठाउन सफल बनेको छ । सन् २०१९-२०२१ का लागि यहि जुलाईमा चुनाब हुनेछ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।