उपचाररत अभिनेत्री श्वेता खड्का अष्ट्रेलिया आउदै

३० अप्रिल सिड्नी ।
अभिनेत्री श्वेता खड्का दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा उपचारार्थ छिन् । गर्दनमा ट्युमर देखीएपछी भारतमा शल्यक्रिया गराएकी हुन् ।शल्यक्रिया गरेर सोमबार उनको ट्युमर निकालिएको हो ।शल्यक्रिया सफल भएपछि उनले आफूले दोस्रो जीवन पाएको बताएकी छिन् । अभिनेत्री श्वेता खड्काले आफ्नो आधिकारिक फेसबुक बाट जानकारी दिँदै आफूमाथि जीवनले दोस्रो पटक खेल खेलेको बताएकी छिन् ।केहि समय अघि श्वेता फिल्म ‘हेलो जिन्दगी’को सुटिङको लागी लन्डन पुगेकी थिइन् । फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो । लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर भएको र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि उनी लण्डन गएकी थिईन् । तर अचानक स्वास्थ्यमा खराबी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहमा आफू दिल्ली पुगेको उनले फेसबुक गराएकी हुन् ।उपचाररत खड्का अष्ट्रेलियाको सिड्नीमा यहि मे महिनामा हुने गाला डिनरमा सहभागी हुन सिड्नी आउने भएकी छिन् । उनले नेपाली टिभि संग संक्षिप्त कुरा गर्दै सो गाला डिनरमा सहभागी भए बापत पाउने पारिश्रमिक ‘माझीबस्ती’का लागि हस्ताण्तरण गरिने हुदा  डिनरमा सहभागी हुने बताएकी छिन् ।उनको स्वास्थ्य अबस्था बारे बुझ्दा अहिले ठिक भएको र २ हप्ता आराम गर्नु पर्ने श्वेताले बताएकी छिन् । मे २६ मा एनआरएनए एससिसिले आयोजना गर्ने गाला डिनरमा सहभागी हुनका लागि श्वेता मे २६ मा सिड्नी आउने भएकी हुन् । उक्त डिनरमा नेपालमा लोडसेडिङको अन्त्यमा मुख्य भुमिका निर्बाह गर्दै नेपाली जनताको मन जित्न सफल कुलमान घिसिङ समेत सहभागी हुने भएका छन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।