नेपालीका लागि गौरब,सम्भवाना र चुनौतीका विच उमेद्दवार

२८ अप्रिल सिड्नी ।

आगामी मे १८ मा हुने संसदीय चुनावमा सत्तारूढ लिबरल पार्टी बाट टिकट पाएका परमेज श्रेष्ठले आफ्नो उम्मेद्वारीलाई सम्पूर्ण नेपाली मुलका अष्ट्रेलियनको गौरवको विषय भएको प्रतिकृया दिदै आएका छन् । पार्टी बाट टिकट पाए लगत्तै प्रचारमा सक्रिय हुदै आएका श्रेष्ठ नेपालीका लागि गौरबको बिषय भए पनि उनका लागि चुनौतीका चाङहरु छन् ।

लिबरलले संघीय संसदका लागि बार्टुन क्षेत्रबाट उम्मेद्वार बनेका श्रेष्ठ प्रतिपक्षी लेबर पार्टीकी नेतृ लिण्डा बर्नी  संग प्रतिस्पर्धा गर्ने भएका छन् । लिण्डा अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने एक मात्र आदिबासी महिला नेतृ हुन् । बार्टुन क्षेत्रमा लिण्डाको बलियो पकड छ । उनी त्यस क्षेत्रमा लोकप्रिय समेत छिन् ।

अष्ट्रेलियाको मुल धारको राजनितिमा लामो अनुभब भएको लेबरको लिण्डा संग पहिलो पटक टिकट पाएका र यस अघि मुलधारको राजनितिमा खासै सक्रिय नदेखिएका परमेजका लागि चुनाब भिड्नु फलामको चिउरा चपाए सरह हो । यद्दपी यस स्थानमा नेपाली मुलका युबा आईपुग्नुलाई भने नेपालीको ठुलो उपलब्धीका रुपमा बिष्लेशण गर्न सकिन्छ ।

बार्टुन क्षेत्रमा नेपालीहरु करिब ४ प्रतिशत मतदाता छन् बने बाकी ९४ प्रतिशत मतदाताहरुबाट परमेजले कति मत पाउने हुन त्यो नै उनका लागि निर्णायक बन्नेछ । तर,प्रचार प्रसारमा भने लेबरको भन्दा लिबरलका कार्यकर्ता बढी सक्रिय छन् ।

परमेज १९ वर्षअघि सात वर्षको उमेरमा आफ्ना बाबुआमासँग अष्ट्रेलिया आएका थिए । उनी मिष्टर नेपाल ओसेनिया २०१६ को बिजेता समेत हुन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।