२६ अप्रिल सिड्नी ।
एनआरएनए अर्थात् गैर आवासीय नेपाली संघको करिब पाँच दर्जन भन्दा बढी मुलुकमा शाखाहरु छन् । हरेक शाखाहरु नेपालीको दुःखःसुखको साथी बन्ने गरेका छन् । तर जति सामाजिक सेवामा कृयाशिल देखिन्छन् त्यसभन्दा बढी एनआरएनएको चुनाब बेला तात्ने गर्छन् । राजनैतिक र मुनाफा रहित काम गर्ने सामाजिक उद्देश्य बोकेर स्थापित भएको संस्था भए पनि नेपालको प्रमुख राजनैतिक धारका राजनितिलाई नै अदृष्य रुपमा अंगालेको प्रस्ट संग देखिन्छ । हरेक देशमा आ-आफ्नै तरिकाले चुनाब हुन्छन् । तर,सबै देशमा मुलधारको राजनिति नै गरिन्छ भन्ने चाहि होईन ।
एनआरएनए ग्लोबलको मुख्य बलियो देशका रुपमा रहेको अष्ट्रेलियामा भने नेपालको मुख्य राजनैति धार अनुसार नै चुनाबमा कोटा सिस्टमले पदको लागि भागबण्डा गरिएको देखीन्छ । राज्य समन्वयन परिषद् देखि राष्ट्रिय समन्वयन परिषद् सम्मै अध्यक्ष देखी सदस्यहरु सम्म पनि राजनैतिक भागबण्डामा चुनाबका उमेद्दवार बन्ने गरेका छन् । केहि स्वतन्त्र उमेद्दवार भए पनि अधिकांस राजनैतिक आडमा नै चुनाब लडिरहेका यस अघिका चुनाबले प्रस्ट देखाउछ ।
एनआरएनए अहिले २०१९-२०२१का लागि चुनाबको पुर्ब तयारीमा छ । बिभिन्न देशहरुमा राज्य र राष्ट्रिय चुनाबका लागि दौडधुप शुरु भईसकेको छ । यसै क्रममा अष्ट्रेलियामा चुनाबको रौनक बढ्न थालेको छ । यसो त अमेरिकामा समेत अहिले एनआरएनए चुनाबले एनआरएनए बजार तातेको छ ।
अष्ट्रेलियामा पछिल्ला दिनहरुमा उमेद्दवारहरुले सामाजिक संजालमा उमेद्दवार घोषणा गर्दै आईरहेका छन् । मुख्य रुपमा नेपाली कांग्रेस र नेकपाकै कोटा बाट आन्तरिक रुपमा उमेद्दवारको भागबन्डा गर्दै उमेद्दवार घोषणा गरिएका छन् ।
एनआरएनए अष्ट्रेलियामा यसपटक राष्ट्रिय अध्यक्षका लागि एनएसडब्लु बाट नन्द गरुुङ,दिनेश पोख्रेल र भिक्टोरिया बाट केशब कडेल बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । यि तिनै जनाले अध्यक्षका लागि उमेद्दवार घोषणा गरिसकेका छन् । एनआरएनए अष्ट्रेलियाको चुनाब यहि जुलाईमा हुदैछ ।
चुनाबका लागि अधिकांसले उमेद्दवार घोषणा गरिसकेका छन् । अहिले सदस्य देखि लिएर शिर्ष पदका उमेद्दवारहरु समेत सामाजिक संजालमा प्रचारमा जुटेका छन् । यस्तै चिया र कफि गफ चुनाबकै सेरोफेरोमा सुरु भईसकेकाले पनि एनआरएनको बजार तातेको देखिन्छ ।