सिड्नीमा हेटौडाका दिपक श्रेष्ठको निधन

२३ अप्रिल सिड्नी ।

नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठ अस्ट्रेलियामा निधन भएको छ । उनको शनिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।पानी पिउन उठेका बेला श्रेष्ठ एक्कासी बेहोस भएका थिए ।श्रेष्ठलाई उपचारका लागि कोग्रा स्थित सेन्ट जोर्ज अस्पतालमा लगिएको र उपचारको क्रममा बिहान ६ बजे निधन भएको हो ।

उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ । सन् २०१८ मा पत्नी दुर्गा अधिकारीको डिपेन्डेन्ट भिषामा अष्टे«लिया गएका श्रेष्ठ परिवार कोग्रा बस्दै आएको थियो ।

यसै बीच श्रेष्ठलाई अन्तिम संस्कारका लागि शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । शव नेपाल लैजानका लागि आवश्यक सहयोग जुटाउन पोखरा समाजका अध्यक्ष राजु अधिकारीले अपिल गरेका छन् । सहयोगदातालाई श्रेष्ठकी पत्नी दुर्गा अधिकारीको  बैंक खातामा रकम संकलन गर्न अपिल गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।