सिड्नीमा खुल्यो क्याफे ईन्द्रेणी

१९ अप्रिल कोग्रा ।

डेढ बर्ष अघि देखी सिड्नीको रकडेलमा संचालनमा आएको ईन्द्रेणी फङसन सेन्टरले आफ्नो ब्यबसायलाई बिस्तार गर्दै कोग्रामा क्याफे ईन्द्रेणी संचालनमा ल्याएको छ ।शुक्रबार ईस्टरको अबसरमा औपचारिक रुपमा ब्यबसायिक यात्रा सुरु गरेको हो । सिड्नीबासी नेपालीको मात्र नभएर अन्य समुदाय बासीहरुको समेत मन जित्न सफल रहेको ईन्द्रणी फङसनकै रुपमा क्याफेले नेपाली र बिदेशी समुदायको मन जित्नेमा संचालक लक्ष्मण सापकोटा बिश्वस्त छन् ।

अष्ट्रेलियाको सुरुवाती दिनहरु देखि नै हस्पिटालिटीमा रुची राख्दै र पेसागत रुपमा पनि हस्पिटालिटीमा लामो समय सेवा गरे बापत ब्बसायिक रुपमा पनि हस्पिटालिटिलाई नै रोजेको सापकोटा बताउछन् ।

संचालक सापकोटा लामो समय देखि अष्ट्रेलियाका बिभिन्न सामाजिक र नाफारहित संघ-संस्थामा रहेर काम गर्दै आएका छन् । जस्का कारण केहि हद सम्म ब्यबसायमा सिड्नीबासी नेपाली समुदायको सहयोग पाएको सापकोटाले नेपाली टिभि संगको संक्षिप्त कुराकानीका क्रममा बताए ।

आगामी दिनमा ईन्द्रणीलाई बिस्तार गर्ने लक्ष्य रहेको पनि सापकोटाले बताए । अहिले फंसन र क्याफेमा गर्दा करिब २ दर्जन नेपाली युबालाई रोजगारी दिएका छन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।