अष्ट्रेलिया आउँदै हुनुहुन्छ,ल्याउने सामानमा बिचार गर्नुस्, इमिग्रेसनमै भिसा रद्द हुनसक्छ

१५ अप्रिल सिड्नी।

अष्ट्रेलिया सरकारले इमिग्रेसन सम्बन्धि अधिकारिहरुलाई इमिग्रेसन क्लियरेन्समै भिसा रद्द गर्न सक्ने समेतको अधिकार दिएको संगै अष्ट्रेलिया आउदा आफुले ल्याउने सामानमा धेरै ध्यान दिनु पर्ने भएको छ ।अष्ट्रेलिया आउने व्यक्तिले खानेकुरा ल्याउँदा समेत वातावरणमैत्री र स्वस्थ हुनुपर्छ । यदि खानेकुरा वातावरणमैत्री छैन भने इमिग्रेसन क्लियरेन्समै भिसा रद्द हुन सक्नेछ । अप्रिल १७ देखि यो नियम लागु हुने बताइएको छ ।

यस नियम अनुसार, अब अष्ट्रेलिया आउँदा आफूले ल्याएको सामान बारे इमिग्रेसन क्लियरेन्समा प्रष्ट बताउन नसकेमा र त्यो यहाँको नियम भन्दा विपरित भएमा इमिग्रेसन क्लियरेन्सका अधिकारिहरुले नै कारबाही अगाडी बढाउनेछन् । यस्तो अवस्थामा अधिकारिहरुले पोइन्ट कम गरिदिने, भिसा रद्द गरिदिने या तीन वर्ष पछि मात्र अष्ट्रेलियाको भिसा दिने भन्ने निर्णय दिनेछन् ।

भारतकी निकिता नाम गरेकी विद्यार्थीले आफ्नो झोलामा कुखुराको मासुको अचार ल्याएकी थिइन् । डिक्लेरेसन फारम भर्न समेत उनी अलमल परिन् । त्यहाँका अधिकारीहरुले उनको झोला र संगै फारम जांच गर्न थाले र त्यही समयमा उक्त कुखुराको मासुको अचार भेटे । त्यसपछि निकितालाई त्यहीं एयरपोर्टमै सोधपुछ भयो । पछि त्यहाँका अधिकारिहरुले बायो सेक्रुटरी जाँच गरेपछि मात्र उनलाई जान दिएका थिए ।

अब लागु हुने नयाँ नियममा यस किसिमका समस्याले भिषालाई असर गर्ने देखिन्छ । त्यसैले अष्ट्रेलिया ल्याउँदा आफूले ल्याउने सामान र यहाँको नियम सम्बन्धि प्रष्ट जानकार हुनु राम्रो हुनेछ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।