अशुभ संकेत नयाँ बर्षको पहिलो दिनै विमान दुर्घटना,चारको मृत्यु

काठमाण्डौ ।

नयाँ बर्ष बैशाख १ गतेको दिन बिहान समिट एयरलाईन्सको लुक्ला बाट रामेछापका लागि  उड्न लाग्दा  दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान तेञ्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेको हो ।मृतक चार जनामध्ये तीन जनाकाे सनाखत भएकाे छ। लुक्ला विमानस्थलका अनुसार बिमानका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको सनाखत भएकाे हाे। त्यस्तै उपचारकाे क्रममा विमानस्थलका प्रहरी सहायक निरीक्षक रूद्रबहादुर श्रेष्ठकाे पनि ज्यान गएकाे छ।समिट एअरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना  बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर हाेस्टेज घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।