१२ अप्रिल सिड्नी ।
नेपाली कलाकारीतामा समेत झुकाब राख्ने अष्ट्रेलिया स्थित नेपाली समुदाय बिच परिचित युबा पिजे श्रेष्ठ लिबरल पार्टीबाट आगामी मे १८ मा हुने निर्बाचनमा कोग्रा डिस्ट्रिक बाट उमेद्दवार बनेका छन् । आगामी संसदीय चुनावमा सत्तारूढ लिबरल पार्टी बाट टिकट पाएका श्रेष्ठले आफ्नो उम्मेद्वारीलाई सम्पूर्ण नेपाली मुलका अष्ट्रेलियनको गौरवको विषय भएको प्रतिकृया दिएका छन् । पार्टी बाट टिकट पाए लगत्तै बिहिबार साँझ नेपाली टिभि संग कुरा गर्दै श्रेष्ठले खुसी ब्यक्त गरेका थिए ।

उनलाई लिबरलले संघीय संसदका लागि बर्तुन क्षेत्रबाट उम्मेद्वार बनाएको हो। नेपालीको उल्लेख्य बसोबास रहेको बर्तुन प्रतिपक्षी लेबर पार्टीको बर्चश्व रहेको संसदीय निर्वाचन क्षेत्र हो । यस क्षेत्रबाट लेबर पार्टीकी नेतृ लिण्डा बर्नी प्रतिनिधित्व गर्छिन् । उनी अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने एक मात्र आदिबासी महिला नेतृ हुन् ।१९ वर्षअघि सात वर्षको उमेरमा आफ्ना बाबुआमासँग अष्ट्रेलिया आएका पिजे मिष्टर नेपाल ओसेनिया २०१६ को बिजेता समेत हुन् । उनी अष्ट्रेलियामा विद्यार्थीलाई यातायात भाडा छुट गराउँने अभियानमा पनि सक्रिय छन् ।
साउथ वेल्स राज्यका एक जिम्मेवार लिबरल नेताले बर्तुनबाट आफूलाई उम्मेद्वार बनाएको जानकारी दिएका हुन्। यसबाट खुशी भएको बताउँदै उनले अगाडि भने- ‘ म केही वर्षयता लिवरल राजनीतिलाई नजिकबाट हेरिरहेको थिएँ, त्यसैको प्रतिफल हो यो उम्मेद्वारी।’ पिजेले बताए ।
उम्मेद्वारी पाउँनु नै ठुलो उपलव्धी भएको बताउँदै उनले अगाडि भने- ‘चुनाव जित्नका लागि निक्कै मेहनत गर्नुपर्ने हुन्छ। त्यसका लागि म तयार छु।’
उनले आफू उम्मेद्वारभन्दा पनि सबै नेपाली उम्मेद्वार भएको महसुस गरेको बताए र भने सबैबाट सहयोग, साथ र सद्भावको अपेक्षा गरेको छु ।