कन्सल्टेन्सी एम्बासडर मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट

श्यामसुन्दर गिरी, १२ अप्रिल सिड्नी ।
ओएसिस एजुकेशन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर समेत रहेकी मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट भएको छ ।ओएसिस एजुकेशन र युएनएईको आयोजनामा आज हुने भनिएको च्यारिटी डिनर शृखलाको भिषा रिजेक्ट हुनाले अर्को मितिका लागि सरेको छ । आयोजक युएनएईले बिहिबार साँझ नै प्रेस रिलिज जारी गरी ईभेन्ट सरेको जानकारी गराएको हो ।

मिस वर्ल्ड २०१८ को उत्कृष्ट १२ मा पर्न सफल मिस नेपाल शृखलालाई आम नेपालीले रुचाउने गरेका छन् । उनी छोटो समयमा नै राम्रो छाप पार्न सफल बनेकी छिन् । यद्दपी सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको कार्यक्रममा सहभागीता जनाउन अष्ट्रेलिया आउन भिषा आबेदन दिएकी शृखलाको भिषा रिजेक्टले आयोजकलाई मात्र नभएर उनी स्वमलाई समेत नकरात्मक असर परेको छ ।

स्रोतका अनुसार शृखलाको भिषा शुक्रबार केहि समय अघि रिजेक्ट भएको हो । सिड्नीमा युएनएईको ‘यान ईभिन्नङ विथ शृखला खतिवडा’ लगायत अन्य केही कार्यक्रममा समेत सहभागी हुने भन्दै प्रचार गरिएको थियो ।

आयोजक युएनएई शृखलाको पुनःभिषा निबेदन गरेर कार्यक्रम गर्ने तयारीमा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।